आज :

कारोबार दैनिकमा धर्ना जारी, पत्रकार महासंघको साथ

काठमाडौं । कारोबार दैनिकमा पत्रकार तथा कर्मचारीहरुले धर्ना सोमबार पनि गरेका थिए । ३ वर्ष अघि भएको सम्झौता लागू गर्न र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनमो माग गर्दै आइतबारदेखि धर्ना सुरु गरेका थिए । तीन वर्षअघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै पत्रकारहरु सत्याग्रहसहितको आन्दोलन घोषणा गरेका छन् ।

सोमबार धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले मिडिया मालिकहरुले श्रमजीवीहरुलाई तर्साएर, गलहत्याएर लुट मच्चाउन सकिन्छ कि भन्ने सपना नदेख्न चेतावनी दिए । जैसीले कारोबार दैनिकका मालिक एनआरएनएका पुर्व अध्यक्ष भुवन भट्टलाई बाहिर ठुला कुरा गरेर हिड्ने तर आफ्ना कर्मचारीलाई श्रम शोषण गर्ने, दास बनाउने हर्कत बन्द गर्न सुझाए ।

पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिका सह संयोजकसमेत रहेका जैसीले विभिन्न मिडिया हाउसमा श्रमजीवीको मुद्दालाई लिएर पीडितहरुको पक्षमा निरन्तर आन्दोलनको नेतृत्व गर्दै आएका छन् । सोमबारको कारोबार दैनिकको मुल गेटमा आयोजित धर्नामा क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्षसमेत रहेका जैसीले भने, “श्रमजीवीहरुलाई फुटाउने र साथीहरुको श्रम शोषण गरेर दास बनाउने सपना नदेखे हुन्छ, पत्रकार महासंघलगायत विभिन्न सञ्चारसम्वद्ध संगठनहरुले मालिकहरुको सपनालाई चकनाचुर बनाइछाड्नेछन् ।”

धर्नामा नेपाल प्रेस युनियनका काठमाडौ अध्यक्ष जगन्नाथ दुलालले श्रमजीवीको आन्दोलन न्यायपुर्ण माग राखेर भएकाले आफ्नो संगठनको सदैव साथ र ऐक्यबद्धता रहने बताए । “पत्रकार महासंघको ब्यानरमा हामी सबै गोलबद्ध छौं, श्रमजीवीका माग पूरा नहुञ्जेल निरन्तर दवाव दिन्छौं,

उनले भने
धर्ना कार्यक्रममा वितरित विज्ञप्तिमा श्रमजीवी पत्रकार तथा कर्मचारीलाई बाँधा श्रमिक झैं व्यवहार हुँदा समेत लागू गर्न नसकिएको श्रमजीवी पत्रकारसम्बन्धी श्रमजीवी पत्रकार ऐन अक्षरशः कार्यान्वयन गर्न र कारोबार दैनिकले २०७३ मा त्यसअघिको क्षतिपूर्ति तिरेर गरेको श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको प्रतिवद्धता र आफैले तयार गरेको विनियामली अनुसार व्यवहार नगरेर कोरोना कालमा पत्रकार तथा कर्मचारीको रोजागारीको अधिकार खोस्ने, श्रमशोषण गर्ने, दुव्र्यवहार गर्ने, मानसिक तनाव दिने काम बन्द गर्न ।” भनिएको छ ।

 

नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सचिव समेत रहेका धर्मेन्द्र कर्णले आमरण अनसन गर्ने घोषणा गरिसकेका छन् । कारोबार पत्रकार तथा कर्मचारी संघका संयोजक समेत रहेका कर्णले विज्ञप्ति जारी गर्दै अमरण अनसनसम्मको आन्दोलन घोषणा गरेका हुन् ।

यस्तै लकडाउनका बेला जर्वजस्ति निकालिएको भन्दै कारोबार दैनिककै पत्रकार विजय देवकोटा श्रम अदालत गइसकेका छन् । उनले आफूलाई नियम विपरित निकालेको भन्दै अदालतमा केहीदिन अघि मुद्धा दर्ता गरेका हुन् ।

लकडाउनका बेला सञ्चारगृहले पत्रकारहरुलाई जर्वजस्ति निकालेपछि नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको थियो । महासंघले घोषणा गरेको आन्दोलनलाई समर्थन र कारोबार दैनिक भित्रका समस्या समाधान गर्न माग गर्दै देवकोटाले नेपाल पत्रकार महासंघ कारोबार प्रष्तिठान शाखाको सचिवको हैसियतले विज्ञप्ति जारी गरेका थिए । तर, विज्ञप्ति जारी गरेपछि व्यवस्थापनले देवकोटालाई बर्खास्ति गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal