आज :

कोरोना कहरबीच क्लासिक टेकको इन्टरनेट पश्चिमको बझाङ-बाजुरादेखि पूर्वको ताप्लेजुङसम्म पुग्यो

काठमाडौं । कोरोना कहरबीच इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रा.लि.ले आफ्ना ग्राहकहरुको लागि सेवा बिस्तार गर्ने क्रमलाई तीब्रता दिएकोछ। कम्पनीले अहिलेको विषयम परिस्थितीलाई ध्यानमा राखेर व्यक्तिगत प्रयोजनकसँगै विभिन्न संघसंस्थाहरुले प्रयोग गर्ने इन्टरनेट सेवा पनि उपलब्ध गराउँदै आएकोछ।

सेवा विस्तारकै क्रममा क्लासिकटेकले पश्चिमको बझाङ-बाजुरादेखि पूर्वमा ताप्लेजुङ्गसम्म आफ्नो इन्टरनेट बिस्तार गरेर सेवा उपलब्ध गराएको छ। यी क्षेत्रहरुसम्म इन्टरनेट पुर्याउन निकै कठिन र चुनौतीपूर्ण भएपनि ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर कम्पनीले सेवा पुर्याएको छ । कम्पनीले इन्टरनेट सेवा विशेषगरि बैंक तथा वित्तीय संस्थाहरुको मागअनुसार जडान गर्दै आएकोछ।लकडाउनको समयमा पनि निरन्तर जडान र ग्राहकलाई सेवा प्रदान गर्दै आएकोछ।

कोरोना संक्रमणको जोखिमसँगै प्रयोग हुँदै आएको टेलिमेडिसिन सेवामा पनि कम्पनीबाटै उपयोग गर्न सकिन्छ।देशका दुर्गम भेगहरुमा टेलिमेडिसिन सेवा प्रयोग र उपयोग गरेर डाक्टरहरुले बिरामीहरुको उपचार गर्न सकिन्छ । यसको लागि क्लासिक टेकको गुणस्तरीय  र भरपर्दो सेवाले टेलिमेडिसिन सेवालाई विश्वसनीय बनाउनेछ।

पिसिआर टेस्ट गरेर आफ्ना कर्मचारीहरुलाई पठाउने र कामबाट फर्किएपछि पुनः परीक्षण गराउँदै सेवालाई विस्तार र प्रभावकारी बनाउँदै लगेको छ । समय समयमा परीक्षण गराउने भएकोले कर्मचारीले पनि  पनि सुरक्षित महशुस गरिरहेका छन् ।

कम्पनीले पैदलनै जानुपर्ने स्थानहरु तथा संस्थाहरुमा पनि सेवा उपलब्ध गराएको छ। ‘हामीले अहिलेको कठिन परिस्थितीमा कतिपय स्थानहरुमा भोकै बसेर रघण्टौ पैदल हिँडेर समेत सेवा चाहिएको स्थानमा इन्टरनेट उपलब्ध गराउँदै आएका छौं, हामी हाम्रा ग्राहकहरुलाई उच्चस्तरीय सेवा दिनका लागि निरन्तर प्रतिबद्ध छौं’ कम्पनीका प्रतिनिधिले भने।

नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनीमध्येको एक क्लासिक टेकले ग्रामीण भेगका कतिपय स्थानहरुमा विद्युतको उपलब्धतान भएपनि सोलार प्रणालीमार्फत इन्टरनेट सेवा उपलब्ध गराएको छ। यस बाहेक कम्पनीले सेवा उपलब्ध गराएपछिको मर्मत सम्भारको लागि तत्काल कर्मचारीहरु उपलब्ध गराएर सेवालाई प्रभावकारी बनाइरहेको छ ।

यसका साथै क्लासिक टेकले यस भन्दा पनि कठिन र दुर्गम भेगमा आफ्नो इन्टरनेटर सेवा उपलब्ध गराउन काम गरिरहेको छ र  जस्तोसुकै कठिन परिस्थितीमा पनि सेवाग्राहीहरुको सेवामा सेवा तत्पर रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal