आज :

खुशीको खबरः कोरोनाविरुद्ध नेपालमा बनेको आयुर्वेदिक औषधिले पायो अनुमति, प्रदेश ५ बाट परीक्षण सुरु

काठमाडौँ । नेपालमा कोरोना विरुद्ध आयुर्वेदिक औषधिको परीक्षण सुरु भएको छ । परीक्षण अनुमित पाएलगत्तै परीक्षण सुरु गरिएको हो । कोरोना संक्रमितहरुलाई पहिलो चरणमा औषधि परीक्षण गरिने बताइएको छ ।

पहिलो चरणमा प्रदेश नम्बर पाँचका करिब १ सय जनामा परीक्षणको तयारी भइरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव रहेका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार उक्त औषधि परीक्षणको अनुमति पाइसकेको र प्रदेश ५ का अस्पतालहरूमा परीक्षण गर्ने तयारी भइरहेको छ ।

यो औषधि सामान्य लक्षण देखिएकालाई दिने हो, त्यसपछि लक्षण र अस्पताल बसाइ कति घट्यो त्यो हेरिने, रगतमा केही परिवर्तन आए नआएको जाँच गरिने ज्ञवालीले बताए ।

कोरोनाविरुद्धको औषधि जेठीमधु र त्रिकटुको मिश्रणबाट तयार गरिएको बताइएको छ । विरामीले खाना खानुअघि खुवाउनु पर्छ ।
परीक्षणको प्रक्रिया पूरा गरेको उक्त औषधिको परीक्षणको लागि काठमाडौँबाट अनुसन्धनकर्ताको टीमले प्रदेश ५ का आयुर्वेदिक केन्द्रका डाक्टरहरुसँग समन्वय गरिरहेको छ । औषधि गम्भीर विरामीलाई नदिने पनि बताइएको छ ।

परीक्षणको रुपमा प्रयोग गरिँदै आएको रेम्डेसिभिरको तुलनामा उक्त औषधी सस्तो र प्रभावकारी हुने परिषद्का अधिकारीहरुले बताएका छन् । यसको कुनै गम्भीर साइड इफेक्ट नरहेको पनि अनुसन्धनामा संलग्न विज्ञहरुले बताएका छन् ।

यसैबीच विश्वमा कोरोनाको खोप र औषधि परीक्षण भइरहेपनि अहिलेसम्म पुष्टि हुन बाँकी छ । कोरोनाविरुद्धको खोप बनाउन चीन र रुस अगाडि देखिएका छन् । उनीहरुले बनाएको खोपको नेपालमा पनि परीक्षण सुरु गर्ने प्रक्रिया अगाडि बढाएका छन् ।

कोरोना संक्रमण झनझन बढीरहेको छ । सोमबारसम्म विश्वमा नेपालमा ३० सयसहित विश्वमा आठ लाख ८७ हजार ५९९ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । उसले दुई करोड ७२ लाख ९६ हजार ३०३ जना कोरोनाभाइरस संक्रमित भएको पनि जनाएको छ ।

त्यसैगरी विश्वमा नेपालका ३० हजारसहित विश्वभर एक करोड ९३ लाख ७९ हजार ४९८ व्यक्ति  कोरोनामुक्त भएका छन् । हाल विश्वमा ७० लाख २९ हजार २०६ व्यक्ति कोरोनाभाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको डब्ल्यूएचओ जनाएको छ । संक्रमितहरुमध्ये ५९ हजार ९९८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्ल्यूएचओका अनुसार अमेरिकामा ६४ लाख ६० हजार ४२१ जना कोरोनाभाइरसका संक्रमित रहेका छन् । जसमा ३७ लाख २६ हजार ९९ जना कोरोनाभाइरसमुक्त भएका छन् भने एक लाख ९३ हजार २५३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

अमेरिकापछि भारतमा सबैभन्दा बढी संक्रमित छन् । भारतमा ४२ लाख ४ हजार ६१३ जना कोरोनाभाइरस संक्रमित रहेका छन् । यहाँ ३२ लाख ५० हजार ४२९ कोरोनाभाइरसमुक्त भएका छन् भने ७१ हजार ६८७ जनाको ज्यान गएको छ ।

ब्राजिलमा ४१ लख ३७ हजार ६०६ जना कोरोनाभाइरस संक्रमित रहेका छन् । यहाँ ३३ लाख १७ हजार २२७ कोरोनाभाइरसमुक्त भएका छन् भने एक लाख २६ हजार ६८६ जनाले ज्यान गुमाएका छन् ।

रुसमा १० लाख २५ हजार ५०५ जना कोरोनाभाइरस संक्रमित रहेका छन् । यहाँ आठ लाख ४० हजार ९४९ कोरोनाभाइरसमुक्त भएका छन् भने १७ हजार ८२० जनाको मृत्यु भएको छ ।

पेरुमा छ लाख ८९ हजार ९७७ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख १५ हजार ४९ जना कोरोनाभाइरसमुक्त भएका छन् भने २९ हजार ८३८ जनाको मृत्यु भएको छ ।

कोलम्बियामा छ लाख ६६ हजार ५२१ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ । यहाँ चार लाख १८ हजार २२९ कोरोनाभाइरसमुक्त भएका छन् भने २१ हजार ४१२ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा छ लाख ३८ हजार ५१७ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख ६३ हजार ८९१ कोरोनाभाइरसमुक्त भएका छन् भने १४ हजार ८८९ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा छ लाख ३४ हजार २३ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ । यहाँ चार लाख ४२ हजार २६८ कोरोनाभाइरसमुक्त भएका छन् भने ६७ हजार ५५८ जनाको मृत्यु भएको छ ।

स्पेनमा पाँच लाख १७ हजार १३३ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिनामा चार लाख ७८ हजार ७९२ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ । यहाँ तीन लाख ३९ हजार १३२ कोरोनाभाइरसमुक्त भएका छन् भने नौ हजार ८५९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal