आज :

सोमबार काठमाडौंमा सबैभन्दा धेरै कोरोना संक्रमित, जितेर घर फर्किनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं । सोमबार काठमाडौँमा सबैभन्दा धेरै जनाा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकामा ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा काठमाडौँमा १०२ महिला र १९१ गरी २९३ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । त्यसैगरी ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बितेको २४ घण्टामा देशभरबाट १ हजार ७ सय ३६ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ ।

त्यसैगरी ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । यस्तै कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३०० पुगेको छ ।

कोरोना नियन्त्रणको लागि भन्दै विगत दुई हप्तादेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । तीनवटै जिल्लाका स्थानीय प्रशासनले काठमाडौं प्रवेशमा निषेध गरेका छन् । तरपनि कोरोना संक्रमणमा कमी आउन सकेको छैन ।

दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि भदौ २४ गते सकिँदैछ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले दशैंसम्म निषेधाज्ञा जारी गर्नेपर्ने बताएका छन् । यसको विरोध भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal