आज :

कोरोनाको केन्द्र काठमाडौं बन्दै, ७ हजार ९०० संक्रमित

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमण समुदाय स्तरमा पुगेको छ । राजधानी काठमाडौँसहित विभिन्न जिल्लाहरुमा गरिएको परीक्षणको क्रममा कोरोना समुदायमा पुगेको देखिएको छ ।

केही समय कोरोनाबाट सुरक्षित रहेको राजधानी काठमाडौँ उपत्यका अहिले कोरोनाको केन्द्र बन्दै गएको छ । उपत्यकाका तिनवटै जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमण बढिरहेको छ । त्यसमा पनि काठमाडौँमा भने भक्तपुर र ललितपुरको तुलनामा दोब्बर भन्दा बढीको संख्यामा दैनिक संक्रमित भेटिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँमा संक्रमितको संख्या ६ हजार ३३४ पुगेको छ । जसमा महिला २ हजार ८५ र पुरुष ४ हजार २ सय ४९ जना रहेका छन् । त्यसपछि उपत्यकाको अर्को जिल्ला ललितपुरमा ८ सय ८७ जना र भक्तपुरमा ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वागमती प्रदेशको अर्को जिल्ला चितवनमा पनि कोरोना संक्रमण दिनदिनै बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवनमा १ हजार १२ जनामा कोरोना संक्रमण भएको छ । त्यसपछि नुवाकोट बढी प्रभावित जिल्लामा पर्छ । शनिबारसम्म नुवाकोटमा४०६ पुरुष र २०९ महिला गरी जम्मा ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागमतीमा अन्य जिल्लामा कोरोनाको प्रभाव कम रहेको छ । धादिङमा २ सय ६८ जना जना संक्रमित भएको छन् भने पाँच जिल्लामा १ पुगेका छैनन् । सिन्धुपाल्चोकमा १११ जना, नुवाकोटमा ९७ जना, रसुवामा १८ जना, सिन्धुलीमा ९० जना, रामेछापमा ९४ जना र दोलखामा ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु कोही जिल्ला बाहिरै छन् । संक्रमितहरु कोही भारतलगायतका देशहरुबाट भित्रिएका हुन् । एक सय नपुगेका जिल्लाहरुमा कोरोना समुदायमा नपुगेको बताइएको छ ।

शनिबार देशभर थप १ हजार जनाभन्दा बढी संक्रमित भेटिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार उपत्यका ४०८ सहित देशभर थप १ हजार ४१ कनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बोल्दै नेपालमा कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको जानकारी दिएका थिए ।

त्यसैगरी शनिबार थप ९ जनाको ज्यान गएको जानकारी पनि गौतमले दिए । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८० पुगेको छ ।
आज देशभर १ हजार ५ सय ६६ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या २७ हजार १२७ पुगेको छ ।

शनिबार काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुर ४५ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal