आज :

शनिबार अहिलेसम्मकै धेरै १५६६ जनाले कोरोना जितेर घर फर्किए, २८० जनाको ज्यान गयो

काठमाडौँ । नेपालमा कोरोना जितेर घर फर्किने बढ्दै गएका छन् । पछिल्लो हप्तामा निको हुनेको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर थप १ हजार ५६६ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

देशका विभन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा रहेका उनीहरु कोरोनामुक्त भएपछि डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २७ हजार १२७ पुगेको छ ।

त्यसैगरी शनिबार थप ९ जनाको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८० पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ हजार जनाभन्दा बढी संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार उपत्यका ४०८ सहित देशभर थप १ हजार ४१ कनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बोल्दै नेपालमा कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको जानकारी दिए ।

शनिबार काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुर ४५ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी शनिबार थप ९ जनाको ज्यान गएको जानकारी पनि गौतमले दिए । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८० पुगेको छ ।

आज देशभर १ हजार ५ सय ६६ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या २७ हजार १२७ पुगेको छ ।
नेपालमा कोरोना जित्नेको संख्या २६ हजार नजिक, शनिबार विहानै थप दुई जनाको ज्यान गयो ।

यसैबीच कोरोना भाइरस संक्रमणबाट मोरङमा एकैदिन चारजनाको ज्यान गएको छ । शनिबार विराटनगरका दुुई महिला र धनपालथान र बुढीगँगा गाउँपालिकामा एक-एक जना पुरुषको ज्यान गएको पुष्टि भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको आइसोलेसनमा निधन भएकी विराटनगर-४ की ६४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै विराटनगर-११ की ४३ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा निधन भएको छ ।

मोरङको धनपालथान गाउँपालिका- ३ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ । शुक्रबार बेलुका केन्द्रमा भर्ना गरिएको उनको शनिबार दिउँसो करिब १ बजे निधन भएको छ । यस्तै बुढीगंगा गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको विराट मेडिकल कलेजमा निधन भएको छ । यससँगै प्रदेश १ मा मृतकको संख्या २७ पुगेको छ ।

  • फाइल फोटो

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal