आज :

शनिबार काठमाडौंमा ४०८ सहित थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको ज्यान गयो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ हजार जनाभन्दा बढी संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार उपत्यका ४०८ सहित देशभर थप १ हजार ४१ कनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बोल्दै नेपालमा कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको जानकारी दिए ।

त्यसैगरी शनिबार थप ९ जनाको ज्यान गएको जानकारी पनि गौतमले दिए । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८० पुगेको छ ।
आज देशभर १ हजार ५ सय ६६ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या २७ हजार १२७ पुगेको छ ।
नेपालमा कोरोना जित्नेको संख्या २६ हजार नजिक, शनिबार विहानै थप दुई जनाको ज्यान गयो ।

शनिबार काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुर ४५ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको छ।

यसैबीच विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । संक्रमितहरु मध्ये ६० हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ७८ हजार बढीले ज्यान गुमाएका छन् ।

यस्तै कोरोना संक्रमितमध्ये एक करोड ८८ लाख ७९ हजार व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या ७० लाख १४ हजार रहेको छ ।

अमेरिकामा ६३ लाख ८६ हजार जना कोरोना भाइरसका संक्रमित रहेका छन् । जसमध्ये ३६ लाख ३० हजार कोरोना मुक्त भएका छन् भने १ लाख ९२ हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ४० लाख ९१ हजार पुगेको छ भने ३२ लाख ७८ हजार कोरोना मुक्त भएका छन् । ज्यान गुमाउनेको संख्या १ लाख २५ हजार पुगेको छ । यस्तै भारतमा कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ ।

भारतमा अहिलेसम्म ४० लाख २० हजार संक्रमित रहेकोमा ३१ लाख ४ हजार कोरोना मुक्त भएका छन् भने ६९ हजार बढीको मृत्यु भएको छ । रुसमा १० लाख ९ हजार संक्रमित रहेका छन् । यी मध्ये ८ लाख २६ हजार कोरोना मुक्त भएका छन् भने १७ हजार बढीको मृत्यु भएको छ

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal