आज :

बाग्लुङ बाढी पिडितलाई तत्काल उद्धार र राहतका लागि देशभक्त जनगणतान्त्रिक मोर्चाले राख्यो सरकार समक्ष यस्तो मागहरु

काठमान्डौं । बाग्लुङ बाढी पिडितलाई तत्काल उद्धार र राहतका लागि देशभक्त जनगणतान्त्रिक मोर्चाले सरकार समक्ष मागहरु राखेको छ ।

शुक्रबार मोर्चाका अध्यक्ष सी.पी गजुरेल द्धारा हस्ताक्षरित एक बिज्ञप्ति जारी गदै भनेको छ “राष्ट्रिय स्तरको यो विपत्तीमा बेपत्ता भएकाहरुको खोजी, मृत्यु हुनेका परिवारलाई राहतको प्याकेज, घाइतेहरुको निःशुल्क उपचार, विचल्लीमा परेकाहरुको अविलम्ब अस्थायी र स्थायी बसोबास, सबैलाई खाद्यान्न र उपचारको व्यवस्था गर्नका लागि सरकारका सबै निकायसँग जोडदार माग गरिएको छ । यो दुःखद घटनाबाट शिक्षा लिँदै जोखिमका बस्तीहरुलाई समयमै सुरक्षित स्थानमा सार्नका लागि स्थायी बसोबासको समेत व्यवस्था गर्न भनिएको छ ।”

त्यस्तै यति ठुलो प्राकृतिक विपत्तिमा केन्द्र सरकारका तर्फबाट त्यसतर्फ हेलिकोप्टरमा गएका गृहमन्त्री खराव मौसमका कारण घटनास्थलमै नपुगी राजधानी फर्किएको खबरबाहेक अहिलेसम्म कुनै राहत र अन्य व्यवस्था नभएको उल्लेख छ ।

बिज्ञप्तिमा अगाडि भनिएको छ ,यही भाद्र १७ गते भएको अविरल वर्षाको कारण बाग्लुङ जिल्लाको ढोर पाटन नगरपालिका वडा नं ९ को देउराली डाँडाबाट रातको समयमा गएको पैरो र भुजीखोलामा आएको भीषण बाढीले नगरपालिकाका वडा नं. ५, ६, ७, ८ र ९ मा ठुलो जन–धनको क्षती पु¥याएको छ ।

प्राप्त जानकारी अनुसार यो दुःखद घटनामा जम्मा ११५ घरमा क्षती पुगेको छ, ३१ घर पूर्णरुपमा ध्वस्त भएका छन्, ५ वटा माइक्रो हाइड्रो पावर हाउस, २ वटा विद्यालय र एक स्वास्थ चौकीमा पनि क्षति पुगेको छ । धेरै जना मानिसहरु बेपत्ता छन्, अहिलेसम्म १४ जनाको शव फेला परेको छ ।

सो दुखद घटनामा परी मृत्यु वरण गर्नु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पविारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं । घाइते हुनेहरुको शिघ्र स्वास्थलाभको कामना गर्दर्छौ ।

Desh bhakta 077-05-20

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal