आज :

सुन्धारमा भवन खस्दा डोजर पुरिए, डोजर भित्र चालक

काठमान्डाै‌ । बुधबार दिउँसो सुन्धारमा भवन खस्दा डोजर पुरिएको छ । भवन भत्काइरहेको डोजरमाथि नै उक्त भवन खस्दा यस्तो घटना भएको होे । डोजर पुरिँदा डाईभरलगायत अन्य केहि कामदारहरु घाईते भएको प्रहरीले बताएको छ ।

भवन भत्काउने क्रममा जेसिबी पुरिएको महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिएको छन् । त्यहा डोजरभित्र चालक २४ वर्षीय बिष्णुकुमार साह पुरिएका थिए । उनको हात र खुट्टा च्याप्पिएको थियो । चालकलाई अहिले उद्दार गरी त्रिवि शिक्षण अस्पतालममा उपचारको लागी पठाएको एसपी राठौरले बताए । तर घटनामा खासै अरु मानबिय क्षेति नभएको पनि एसपी राठौर बताए ।

यसैबिचमा बिहिबार काठमान्डौमा थप ४४३ जनामा कोरोना भाईरस संक्रमण देखिएका  छन्। ती मध्ये काठमान्डौ जिल्लमा ३५७ जना, ललितपुरमा ४६ जना र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाएको छन् ।

डा.गौतमका अनुसार बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३५७ जना, काभ्रेका ७ जना, चितवनका ५६ जना, दोलखाका ५ जना, धादिङका ३ जना, नुवाकोटका ४ जना, भक्तपुरका ४२ जना, मकवानपुरका २२ जना, रामेछापका एकजना, ललितपुरका ४६ जना र सिन्धुपाल्चोकका ३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal