आज :

मत्स्येन्द्रनाथको रथ यात्रामा झडपः प्रहरीले अश्रुग्याँस र लाठिचार्ज, स्थानियले ढुङगा बर्साए

काठमान्डौं । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच पाटनको पुल्चोकमा झडप भएको छ । निषेधाज्ञाका बाबजुद स्थानीय प्रशासनको वेवास्ता गर्दै रथ तानेको भन्दै प्रहरीले अवरोध गर्न तथा भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्याँस हानेपछि स्थानीय युवाले रथ तान्न अवरोध गरेको भन्दै प्रहरी  माथि ढुंगा प्रहार गरेका थिए । दुबै पक्ष यस्तो त्रियाकलापले उग्र रुप लिएपछि झडप भएको हो ।

त्यस पछि रातो मत्स्येन्द्रनाथ रथ यात्रा बारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गरेका थिए । त्यस्तै उनिहरुले सामाजिक दूरी अपनाएर रथ तान्दा पनि प्रहरीले हस्तक्षेप गरेको र परम्परा रोकिएको भन्दै आक्रोशित भएका छ्न ।

महानगरीय प्रहरी परिसर ललितपुरको एसएसपी टेकप्रसाद राईले दिएको जानकारी अनुसार पानीको फोहोरा हान्दा समेत वेवास्ता गरेपछि लाठचार्ज गर्नुपरेको हो । उनले भने कोरोनाका कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको हो ।

अहिले त्यहा स्थानीयहरु तितरबितरभईसकेको छन् भने रथलाई प्रहरीको समूहले सुरक्षा दिएको छ । त्यस्तै त्यहा सशस्त्र प्रहरीसमेत ठूलो संख्यामा परिचालन गरिएको छ । सडकको बीचमा ठूलो संख्यामा प्रहरी सडकबाट भीड पन्छाएर रथलाई घेरेर बसिरहेका छन । तर अहिले पनि तनाव कायमै छ भने युवाहरुले रथ सडकको बीचमा पु¥याएका थिए ।

असार १० बाट रथ निमार्ण सुरु भएपनि यो चोटि लामो समयदेखि थाती रहँदै आएको रथलाई निषेधाज्ञाकै बीचमा तानिएको हो । चलन अनुसार भोलिपल्टदेखि रथ बनाउदैनन् । यस अघि गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि कोरोनाको कारण रोकिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal