आज :

बागलुङ पहिरोः ११ जनााको शव भेटियो, ३६ जना बेपत्ता, बगेको शवहरु गुल्मी जिल्लामा पनि भेटिदै..

काठमान्डौं । बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको अहिले सम्म  ११ जनााको मात्र शव भेटिएको छ । प्रहरीकाले दिएको जानकारी अनुसार  अहिलेसम्म ७ जना पुरुष र ४ जना महिलाको शव भेटिएको हाे । बाढीमा परी ३६ जना बेपत्ता भएको छन् । २ महिलाको शव भने छिमेकी  जिल्ला गुल्मिको मुसीकोटमा भेटिएको बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिए ।

त्यहा बाढीले क्षति गरेको क्षेत्र धेरै भएकाले हाल सम्म जनधन र भौतिक क्षति कति भएको छ एकिन भईसकेको छैन् । बाढीले एक स्वास्थ्य चौकी, एक विद्यालय, एउटा झोलुङ्गे पुल पनि बगाएको छ ।

बाढीले त्यहाँको सडक र दर्जनौ सवारी साधन पनि बगाएको स्थानियले बताएको छन् । अहिले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

अझै त्यहाँ धेरै जना बेपत्ता रहेको घटनास्थलबाट प्रहरी इन्सपेक्टर प्रकाशसिंह भण्डारीले जानकारी दिएको छन्। घटनास्थलमा फेला परेका शव कसैको पनि पहिचान हुन सकेको छैन ।

त्यहाँ अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्तीमा बाढी आएको हो ।

ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण धेरै जना सम्पर्क विहिन भएका छन् । पहिरोमा केहीको अझै परिचय खुलेको छ ।  जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal