आज :

बुधबार कोराेनाबाट १२ जनाको ज्यान गयो, देशभर थप ११२० जना सक्रमित थपिए

काठमान्डौ । आजको नियमित प्रेस ब्रिफिङमा बोल्दै डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ११ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका बताएको छन् । तिनीहरु ३ सय २० जना महिला र ८ सय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

त्यस्तै काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएको छन् । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८८ जनामा कोरोना पुष्टि भएको हो । आज सक्रमित हुने काठमाडौंका ३५० जना, भक्तपुरका ९ जना र ललितपुरका २९ जना भएको मन्त्रालयको प्रबक्ता गौतमले जानकारी दिएको छन् ।

आज कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको ज्यान गएको छ । आजको सहित ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ । त्यसैगरी यसलाई हिसाव गर्ने हो भने नेपालमा प्रतिघण्टा २ जना कोरोनाका कारण ज्यान गईरहेका मन्त्रालयले बताएको छ ।

यस्तै मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ छन्। क्वारेन्टाइनमा ६ हजार ७६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छन् ।

आज १११२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ ।
यसैबिच ३ भदौं मध्यरातिदेखि लगाइएको निषेध आदेशको दोस्रो चरण आज मध्यरातिदेखि सकिँदै छ ।

यसैबिच कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेध आदेश पेरी एक साता थप गरिएको छ।

आज तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सम्पन्न भर्चुअल बैठकले निषेध आदेश एक हप्ता थप गर्ने निर्णय गरेको एक प्रमुख जिल्ला अधिकारीले बताए ।

खाद्यवस्तु, तरकारी, दुध लगायतका पसल व्यवसाय बिहान सवा ९ बजेसम्म खुल्न दिँदै आएकामा थप केही समय खोल्न दिइने निर्णय भएको छ ।
अत्यावश्यकबाहेक अन्य क्षेत्रमा लगाइएको रोक भने यथावत रहने निर्णय बैठकले गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal