![](https://onlinedabali.com/wp-content/uploads/2020/09/petrol.jpg)
काठमान्डौं । कोरोना कहरको बिचैमा पेट्रोलको प्रतिलिटर मुल्य २ रुपैयाले बढेको छ । नेपाल आयल निगमले पेट्रोलको मुल्यामा प्रतिलिटर २ रुपैयाले बढेको जानकारी दिएको हो ।
यस भन्दा अघि प्रतिलिटर मुल्य रु.१०५ मा पाईने पेट्रोल अब रु. १०७ पुगेको नेपाल आयल निगमले जानकारी दिएको छ ।
कोभिड १९ काे कारण बजारमा पेट्रालको माग कम भएपनि इन्डियन आयल कर्पाेरेसनले मंगलबार पठाएको मूल्य अनुसार निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको निगम प्रवक्ता वीनितमणि उपाध्यायले जानकारी दिए ।
उनले भने–“ भारतबाटै मूल्य बढेर आएकाले पेट्रोल लिटरमा २ रुपैयाँ बढाइएको छौं ”
त्यस्तै पट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ पनि डिजेल, मटीतेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको जानकारी दिए ।
त्यसैगरी निगमले मूल्य समायोजन गरेपश्चात पनि भारतीय सीमा नाकाभन्दा नेपालमा पेट्रोल ३२ रुपैयाँ र डिजेल ३६ रुपैयाँ सस्तो रहेको जानकारी दिएको छ ।
यता नेपाली बजारमा संक्रमण नियन्त्रण गर्नका लागि सरकारले गत २ साता अघि देखि निषेधाज्ञा गरे सँगै बजारमा इन्धनको खपत भने न्यून छ ।