आज :

थप १ हजार ६९ जनामा कोरोना संक्रमण, मंगलबार थप ११ जनाको ज्यान गयो

काठमाडौै । नेपालमा थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशभर थप संक्रमति थपिएका छन् ।

नेपालमा योसँगै संक्रमितको संख्या ४० हजार नाघेको छ । मंगलबार थप संक्रमितसहित ४० हजार ५२९ पुगेको छ । त्यसैगरी पछिल्लो पछिल्लो २४ घण्टामा थप ११ जनाको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको संख्या २३० पुगेको छ ।

मंगलबार काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७६८ जनाले कोरोना जितेर घर फर्किएका छन् । मंगलबारसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । देश भर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ

त्यसैगरी मंगलबार इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत ११ जना प्रहरीसहित ६३ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये ३१ जना बुटवल उपमहानगरपालिकाका रहेका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा डडेल्धुराका २ सहित सुदुरपश्चिमका बैतडी, अछाम, बझाङका गरी ५६ जनामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदुरपश्चिमका पहाडी जिल्लाका ५३५ स्वाब नमुनामध्ये ५६ मा कोरोना पोजेटिभ देखिएको छ ।

त्यसैगरी डडेल्धुरा गन्यापधुरा गाउँपालिकाका २, अछाम पञ्चदेवल नगरपालिकाका ५, बैतडीका पुर्चौडी नगरपालिका १, मेलौली नगरपालिका २ र शिगास गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी बझाङ वित्थडचिर गाउँपालिकाका २, बुड्डल नगरपालिकामा १४, छत्तिसपाथीभरा गाउँपालिका २, केदाश्यु गाउँपालिका १६ र थलारा गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ । स्वाब संकलन गरिएका ५३५ नमूनामध्ये ५६ नमुनाको रिपोर्ट पोजिटिभ र ४७९ नमूना नेगेटिभ देखिएको डडेल्धुरा अस्पताल कोभिड १९ परीक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिए ।

त्यसैगरी काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणको लागि दुई दिनअघि परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । शाक्यको सचिवालयकाअनुसार मेयर शाक्य हाल ‘होम आइसोलेसन’मा रहेको बताइएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणको अध्यवधिक विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्न नियमित प्रेस ब्रिफिङको तयारी भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal