आज :

कोरोनाबाट पुर्व मुख्य न्यायाधीश चालिसेको काठमान्डौंमा ज्यान गयो

काठमान्डौं । कोरोना सक्रमणबाट पुर्व न्यायाधीशको ज्यान गएको छ । मुख्य न्यायाधीश माधवप्रसाद चालिसेको कोरोनाभाइरस कोरोनाबाट ज्यान गएको हो । उहाको कोरोना संक्रमणबाट ७० वर्षको उमेरमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।

उनि लामो समय देखि मुटुसम्बन्धी रोगबाट पीडित थिए । यसैको उपचारको लागी ५ दिनअघि अर्थात भदौं ९ गते अस्पताल भर्ना भएका उनलाई परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको परिवारका सबै सदस्य होम आइसोलेसनमा राखेको उनका भाई कृष्णराज चालिसेले बताए ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ निवासी चालिसेका श्रीमती, एक छोरा र तीन छोरी छन् । चालिसे २५ असार २०७० मा ६३ वर्षे उमेरहदका कारण तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश पाएका थिए । ५ भाइको परिवार सहित उनिहरु एउटै कोलोनीमा बस्दै आएका थिए।

काठमाडौं महानगरपालिका ३ का अध्यक्ष दीपक केसीलेले दिएको जानकारी अनुसार नेपाली सेनाले चालिसेको शव व्यवस्थापन गर्ने बताए ।

यसैिबच अाजै कोरोेनाबाट ४जना कैदिको ज्यान गएको छ । केन्द्रीय कारागार सुन्धाराका चार कैदीको ज्यान गएको हो । ति मध्ये १ जनाको सोमबार राति र ३ जनाको मंगलबार बिहान ज्यान गएको हो । ति मध्ये १ कञ्चनपुरका पुरुष हुन् । ज्यान जाने अन्य तीन जना ६० वर्षीय, ६४ वर्षीय र ५८ वर्षीय पुरुषहरु बाहिरबाट ल्याइएका भएका कारागार प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।

आज ज्यान गएको कैदीमध्ये एक जनामा कोरोना संक्रमण देखिएपछि राजधानीकै मेगा अस्पतालमा उपचार भइरहेको थियो । त्यस्तै बाँकी तीन जनाको वीर अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal