आज :

सर्वोच्च अदालतले गर्यो निषेधाज्ञामा बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा सुनुवाई स्थगित

काठमान्डौं । काठमान्डौ उपत्यकामा लकडाउन समयअवधि बढाए सगै सर्वोच्च लगायत अदालतका मुद्दा सुनुवाई स्थगित गरिएको छ । कोरोना संक्रमण त्राससँगैको निशेधाज्ञाले आवात जावतमा समस्या भएपछि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा सुनुवाई स्थगित भएको अदालतले जनाएको छ । ‘निषेधाज्ञाको समयमा बन्दी प्रत्यक्षीकरणका बाहेक सबै मुद्दा स्थगित भएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा बढाएसँगै सर्वोच्चलगायत अदालतका मुद्दा सुनुवाई कठिन भएपछि यस्तो निर्णय गरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेल बताएको छन् ।

त्यस्तै आज सर्वोच्च अदालतमा दीपककुमार कार्कीको एकल, हरीकृष्ण कार्की र अनिलकुमार सिन्हाको संयुक्त एवं इश्वर खतिवडा र सपना प्रधान मल्लको संयुक्त दैनिक पेशी तोकिएको थियो । तर, पछि सुनुवाई स्थगित गरियो ।

सर्वोच्च अदालतका सन्चार बिज्ञ पौड्यलका अनुसार सार्वजनिक सवारी साधन नचलुन्जेलका लागि अदालतको काम सीमित भएको छन् । किनभने उपत्यकाभित्रै र बाहिरबाट समेत मानिसहरु आवत जावत गर्न कठिन छ । तर, मुद्दाका दुवै पक्षले सुनुवाई गरिदिन आग्रह गरे सुनुवाई गर्ने गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal