आज :

उपत्यकामा निषेधाज्ञामा कडाई तर कोरोना संक्रमण बढ्दै, मंगलबार २३२ संक्रमित र ३ जनाको ज्यान गयो

काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय सरकारले काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञामा कडाई गरिँदैछ । तर, कोरोना संक्रमण झनझन फैलिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार मंगलबार मात्रै थप २३२ जना संक्रमित भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप तीन जनाको ज्यान गएको छ । गौतमले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारीअनुसार काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।

त्यसैगरी देशभर मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

त्यसैगरी थप ७ जनाको ज्यान गएको छ । काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जनाको कोरोनाका कारण ज्यान गएको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।

बितेको २४ घण्टामा ३१३ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै कोरोना जित्नेको संख्या १९ हजार ११९ पुगेको छ । यसैगरी आइसोलेशनमा १४ हजार २५० जना रहेका छन् । जसमा होमआइसोलेशनमा ५५७९ र संस्थागत आइसोलेशनमा ८ हजार ५८१ जना रहेका छन् ।

यसैबीच काठमाडौंमा नेपाली काँग्रेसका नेता गोविन्द रञ्जितको कोरोना संक्रमणबाट ज्यान गएको छ । काठमाडौं महानगरपालिका-२१ का सभापति ६७ वर्षीय रञ्जितको मंगलबार दिउँसो १२ बजेर १७ मिनेट जाँदा निधन भएको काँग्रेसले जनाएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

कोरोना संक्रमणमा पुष्टि भएपछि साउन ३२ गते उनी अस्पतालको आइसीयूमा भर्ना भएका थिए। स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा उपचारत रहेका रञ्जितको मंगलबार निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

नेता रञ्जितले २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका थिए । काँग्रेसको पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले जनाएको छ । उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापतिको तर्फबाट विज्ञप्ति सार्वजनिक गर्दै पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal