आज :

पिडित नर्सहरुले गरे प्रतिष्ठानमा आन्दोलन, भोलीबाट कालोपट्टी बाँधेर काम गर्ने

काठमान्डौ । कारोना रोकथामको पहिलो स्थानमा रहेर काम गर्ने स्टाफ नर्सहरुले आफ्ना मागहरु राख्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन गरेको छन् । अस्पताल प्रशासनले आफ्ना मागहरु संवोधन नगरेको भन्दै नर्सहरु आन्दोलित भएका हुन् ।

नर्सहरुले कोरोना संक्रमित विरामीहरुको उपचारमा रहँदा प्रतिष्ठानले आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध नगराएको भन्दै उनीहरुले प्रतिष्ठान व्यवस्थापन समक्ष १६ बुँदे माग बुझाएका छन् । उक्त माग संवोधन नभए भोलीबाट कालोपट्टी बाँधेर काम गर्ने बताएका छन् ।

स्टाफ नर्सहरुले कोरोना संक्रमित विरामीसँग सम्पर्कमा रहेका नर्सहरुलाई क्वारेन्टिन व्यवस्था नगरेको, ज्यान जोखिममा पारेर काम गरिरहे पनि अहिलेसम्म जोखिम भत्ता नदिएको, मास्क, पञ्जालगायत स्वास्थ्य सुरक्षा सामग्री पर्याप्त उपलब्ध नगराएको बताएका भन्दै आन्दोलन गरेको छन् ।
यसैगरी अस्पतालले नेपाल सरकारले बढाएको २० प्रतिशत तलब नदिएको गुनासो गर्दै अब् नर्सहरुलाई डिउटीमा पुर्ण पिपिई दिएर मात्र खटाउनुपर्ने, कोरोना विमाको व्यवस्था गर्नुपर्ने, कोरोना शंकास्पद विरामीहरुको पिसिआर रिपोर्ट चाँडो ल्याउने व्यवस्था गर्नुपर्ने लगायत मागहरु राखेका छन् ।

त्यस्तै यदि ११ गतेसम्म पनि प्रतिष्ठानले माग पुरा नगरे प्रतिष्ठानमा रहेका सबै स्टाफ नर्स, हेल्पर, हेल्थ एडहरुले कामकाज बन्द गर्ने चेतावनी पनि दिएका छन् ।

यता नर्सहरुको मागका सन्दर्भमा प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर शाह, मेट्रोन उपेन्द्र यादव तथा आन्दोलनरत नर्सहरुका प्रतिनिधिहरुको बैठक बसिरहेको बताएको छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal