आज :

नेपालमा कोरोनाबाट १५७ जनाको निधन, हालसम्म ३२ हजार ६७८ सङ्क्रमित

काठमान्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमित ८ आठ जनाको सोमबार निधन भएको छ । यो सगै हाल सम्म जम्मा निधन हुनेको १ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।

आज निधन हुनेमा पाँचजना पुरुष र तीनजना महिला रहेको छन्। मृत्यु हुनेमा चारजना रुपन्देही जिल्लाका छन् । उनिहरु रुपन्देहीमा ६७ वर्षीया महिला, ३८ वर्षीय, ५३ वर्षीय र ५४ वर्षीय पुरुष गरी चारजनाको निधन भएको हो ।

त्यसैगरी सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला र काठमाडौंकी ४८ वर्षीया महिलाको मृत्यु भएको गौतमले जानकारी दिए ।

यसैबिच आज काठमाडौँ उपत्यकामा २२४ सहित देशभर थप ७४३ जनामा कारोना देखिएको छ ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा देखिएका थप २२४ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका १७७, लतिपुरका ३३ र भक्तपुरका १४ जना रहेका छन् ।

आजको सहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ६७८ पुगेको छ ।
आज १७५ जना कोरोना जितेर घर फर्किएका छन् । आजको सहित हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १८ हजार ८०६ पुगेको छ । देशभरका क्वारेन्टिनमा ११ हजार २७५ जना रहेका छन् ।

आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा १३ हजार छन् । त्यस्तै आज १० हजार २३४ जनामा गरेको पीसीआर परीक्षण गरिएको थियो
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार दिएको जानकारी अनुसार नेपालमा आज थप ८१८ जना थपिएका थिए् ।

हिजो काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोन संक्रमण पुष्टि भएको थियो । काठमाडौं जिल्लामा एक सय २६ जना, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको थियो ।
यस्तै हिजो थप ३ जनाको कोरोनाबाट निधन भएको थियो । यस्तै हिजो थप २८१ जना निको भएको थिए् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal