आज :

सोमबार ८ जनाको निधन,उपत्यकामा २२४ सहित थप ७४३ जना कोरोना सक्रमित

काठमान्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा २२४ सहित देशभर थप ७४३ जनामा कारोना देखिएको छ । यस्तै आज ८ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ। आजको सहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ६७८ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा देखिएका थप २२४ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका १७७, लतिपुरका ३३ र भक्तपुरका १४ जना रहेका छन् ।

आज १७५ जना कोरोना जितेर घर फर्किएका छन् । आजको सहित हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १८ हजार ८०६ पुगेको छ । देशभरका क्वारेन्टिनमा ११ हजार २७५ जना रहेका छन् । आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा १३ हजार छन् । त्यस्तै आज १० हजार २३४ जनामा गरेको पीसीआर परीक्षण गरिएको थियो

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार दिएको जानकारी अनुसार थप ८१८ जना थपिएका थिए् ।
हिजो काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोन संक्रमण पुष्टि भएको थियो ।ं

काठमाडौं जिल्लामा एक सय २६ जना, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको थियो
यस्तै हिजो थप ३ जनाको कोरोनाबाट निधन भएको थियो । यस्तै हिजो थप २८१ जना निको भएको थिए् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal