आज :

सुदूरपश्चिममा थप ५७ जनामा कोरोना देखियो, कुन जिल्ला र कहाँ कति ?

काठमान्डौ । सुदूरपश्चिम प्रदेशमामा आज थप ५७ जनामा कोरोना देखिएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ४ सय ६३ पुगेको छ।

डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरीप्रसाद भूषालका अनुसार कैलालीमा घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका १ जना गरी ४७ जना छन् ।

यसैगरी भीमदत्त नगरपालिकाका ८ जना, महाकाली नगरपालिकाका १ जना गरी कञ्चनपुरमा ९ जना छन् । आजै बैतडीको नेपाली सेना गणका १ जनामा कोरोना पुष्टि भएको बताए ।
डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षण भएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको हो।

यसैबिच आजै रुकुम पश्चिममा थप ९ जना कोरोना सक्रमित भेटिएको छन् । कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए । यस अघि एक सरकारी कार्यालयका प्रमुख बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम गएका ती कार्यालय प्रमुखको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

साउन २८ गते प्रमुखमा कोरोना देखिएको त्यसपछि उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ९ जना कर्मचारीमा आज कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए ।

कोरोना फोकल पर्सन रावलका अनुसार आज मात्र रुकुम पश्चिममा मात्रै १८ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १० जना सरकारकी कार्यालयका कर्मचारी, तीन जना सुरक्षाकर्मी, दुई जना भारतबाट आएका र तीन जना सानीभेरी गाउँपालिकाका वासिन्दा रहेको छन् ।

पछिल्लो समय रुकुममा संक्रमितको संख्या बढेपछि मुसिकोट नगरपालिकामा संक्रमित व्यवस्थापनमा समस्या भएको छ । । एकै पटक १८ जना संक्रमित थपिएपछि उनीहरुलाई अस्पतालको तालिम हलमा राखिएको छ । ६ बेडको आइसोलेसन रहेको जिल्ला अस्पतालमा ९ जना राखिएको छ । जिल्ला अस्पताल बाहेक अन्य ठाउँमा आइसोलेसन नभएको पनि कोरोना फोकल पर्सन रावलले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal