आज :

कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो, मृतकको संख्या १५५ पुग्यो

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको आइतबार राति ज्यान गएको हो ।

महानगर उपप्रमुख इन्दिरा कार्कीका अनुसार विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड–१९ उपचार केन्द्रमा बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको थियो । संक्रमण पुष्टि भएपछि उपचारको लागि साँझ ६ वजे कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार उनको राति ११ बजे निधन भएको थियो ।

मृतकको परिवारमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने महानगरले तयारी गरेको छ । विराटनगर महानगरमा हालसम्ममा संक्रमितको संख्या ८ सय १३ पुगेको छ भने १० जनाको निधन भइसकेको छ ।

त्यसैगरी आइतबार दिउँसो थप ८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जनाको पुष्टि गरेको थियो भने काठमाडौँका दुई र बुटवलका २ र धरानका १ गरी पाँच जनाको बाँकी छ थियो । राति निधन भएकोले विराटनगरका १ जनाको पनि मन्त्रालयले औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

कोरोना संक्रमणबाट आइतबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाभाइरसबाट सुनसरीको धरान उपमहानगरपालिका–८ का ६८ वर्षीय पुरुषको निधन भएको छ । साउन २९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आइतबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको प्रतिष्ठनका प्रवक्ता दिनेश सापकोटाले जानकारी दिए । मृतकमा उच्च रक्तचाप, मधुमेह र स्वासप्रश्वाससम्बन्धी समस्या देखिएको उनले बताए ।

आइतबार काठमाडौँ उपत्यकामा थप दुई जनाको निधन भएको थियो । नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र ह्याम्स अस्पताल मण्डिखाटारमा एकएक जनाको निधन भएको थियो । यस्तै रुपन्देहीमा बुटवलमा पनि आजै दुई कोरोना संक्रमितको निधन भएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयले झापा, पर्साका र सर्लाहीका एकएक जनाको निधन भएको जानकारी दिएको थियो । त्यतिबेलासम्म ज्यान गुमाउनको संख्या १५३ पुगेको थियो । बुटवल, सुनसरी, काठमाडौँ, भक्तपुर, विराटनगरी थप ६ जनाको कोरोनाका कारण निधन भएको मन्त्रालयले पुष्टि गर्न बाँकी छ । योसँगै अब नेपलामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५५ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal