आज :

उपत्यकामा १६६ सहित ८१८ जनामा कोरोना भाइरस संक्रमण, मृतकको संख्या १४९

काठमाडौँ । कोरोना भाइरसबाट नेपालमा थप ८१८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार काठमाडौँ उपत्यकामा १६६ सहित देशभर ८१८ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि १४९ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमका अनुसार आइतबार थप ३ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४९ पुगेको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ८ हजार स्वाबको परीक्षण गरिएको छ । जसमध्ये ८१८ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । देशभर अहिले१३ हजार १५५ सक्रिय संक्रमित रहेको छ भने अहिलेसम्म २८१ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म १८ हजार ६३१ जनाले कोरोना जितरे घर फर्किएका छन् ।

त्यसैगरी आइसियूमा १३७ जना र भेन्टिलेटरमा १० जना र‍हेका छन् ।

कोरोना नियन्त्रणको लागि देशका ४१ जिल्ला निषेधाज्ञा र लकडाउनको अवस्थामा छन् तरपनि कोरोना संक्रमण बढिरहेको छ । विज्ञहरुले अहिले परीक्षण भएका स्वाब पहिले नै संकलन गरेको भएको बताउँदै अबको एक हप्तामा कोरोना संक्रमण घट्ने दाबी गरेका छन् ।

यसैबीच कोरोनाभाइरको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ । आइतबार विहानसम्म नेपालसहित विश्वभर ८ लाख ३ हजार ९७ पुगेको जोन्स होप्किन्स विश्वविद्यालयले जनाएको छ ।

त्यसैगरी नेपालसहित विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या दुई करोड ३१ लाख ३० हजारभन्दा बढी पुगेको छ । जसमध्ये एक करोड ४८ लाखभन्दा बढीले कोरोनासँग जितेर घर फर्केका छन् ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा संक्रमित र ज्यान गुमाउनेहरु छन् । आइतबार बिहानसम्म अमेरिकामा ५६ लाख ६६ हजारभन्दा बढी संक्रमित भएका छन् भने १ लाख ७६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

कोरोनाको दोस्रो बढी प्रभावित देश ब्राजिलमा ३४ लाख ३५ लाख ८२ हजार संक्रमित भएका छन् भने एक लाख १४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । ब्राजिलमा २९ लाख मानिसहरुले कोरोनासँग जितेर घर फर्केका छन् ।

नेपालको छिमेकी भारत कोरोनाबाट बढी प्रभावितको तीन नम्बर सूचीमा छ । आइतबार विहानसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख ७५ हजारभन्दा बढी पुगेको छ । जसमध्ये ५५ हजार ७ सय ९४ जनाले ज्यान गुमाएका छन् । अहिले पनि करिब ८ लाख मानिसहरु कोरोनासँग लडिरहेका छन् । गएको २४ घण्टामा एकै दिन भारतमा ७० हजारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणलाई करिबकरिब नियन्त्रण गर्न सफल भएको रुसले खोपको परीक्षण सुरु गरिसकेको छ । रुस कोरोनाका संक्रमित बढी हुने दशको चौथो नम्बरमा छ । रुसले मासमा गरेको परीक्षणको क्रममा ९ लाख ४९ संक्रमित भएका थिए । त्यो अहिले निकै घटेको छ । रुसी संचारमाध्यमहरुका अनुसार कोरोना संक्रमणबाट १६ हजार २ सय ६८ जनाले ज्यान गुमाएका छन् । त्यो संक्रमितको संख्याको तुलनामा निकै कम हो ।

त्यसैगरी दक्षिण अफ्रिकामा ६ लाख ७ हजार ४५ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये १२ हजार ९८७ जनाको ज्यान गएको छ । पेरुमा ५ लाख ८५ हजार २३६ जना संक्रमित भएका छन् भने २७ हजार बढीले ज्यान गुमाएका छन् । त्यस्तै, कोलम्बियामा ५ लाख ३३ हजार संक्रमितको संख्या पुग्दा करिब १७ हजारले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal