काठमाडौं । कोरोनाभाइरको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ । आइतबार विहानसम्म आउँदा नेपालका १४७ सहित विश्वभर ८ लाख ३ हजार ९७ पुगेको जोन्स होप्किन्स विश्वविद्यालयले जनाएको छ ।
त्यसैगरी नेपालसहित विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या दुई करोड ३१ लाख ३० हजारभन्दा बढी पुगेको छ । जसमध्ये एक करोड ४८ लाखभन्दा बढीले कोरोनासँग जितेर घर फर्केका छन् ।
कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा संक्रमित र ज्यान गुमाउनेहरु छन् । आइतबार बिहानसम्म अमेरिकामा ५६ लाख ६६ हजारभन्दा बढी संक्रमित भएका छन् भने १ लाख ७६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
कोरोनाको दोस्रो बढी प्रभावित देश ब्राजिलमा ३४ लाख ३५ लाख ८२ हजार संक्रमित भएका छन् भने एक लाख १४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । ब्राजिलमा २९ लाख मानिसहरुले कोरोनासँग जितेर घर फर्केका छन् ।
नेपालको छिमेकी भारत कोरोनाबाट बढी प्रभावितको तीन नम्बर सूचीमा छ । आइतबार विहानसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख ७५ हजारभन्दा बढी पुगेको छ । जसमध्ये ५५ हजार ७ सय ९४ जनाले ज्यान गुमाएका छन् । अहिले पनि करिब ८ लाख मानिसहरु कोरोनासँग लडिरहेका छन् । गएको २४ घण्टामा एकै दिन भारतमा ७० हजारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमणलाई करिबकरिब नियन्त्रण गर्न सफल भएको रुसले खोपको परीक्षण सुरु गरिसकेको छ । रुस कोरोनाका संक्रमित बढी हुने दशको चौथो नम्बरमा छ । रुसले मासमा गरेको परीक्षणको क्रममा ९ लाख ४९ संक्रमित भएका थिए । त्यो अहिले निकै घटेको छ । रुसी संचारमाध्यमहरुका अनुसार कोरोना संक्रमणबाट १६ हजार २ सय ६८ जनाले ज्यान गुमाएका छन् । त्यो संक्रमितको संख्याको तुलनामा निकै कम हो ।
त्यसैगरी दक्षिण अफ्रिकामा ६ लाख ७ हजार ४५ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये १२ हजार ९८७ जनाको ज्यान गएको छ । पेरुमा ५ लाख ८५ हजार २३६ जना संक्रमित भएका छन् भने २७ हजार बढीले ज्यान गुमाएका छन् । त्यस्तै, कोलम्बियामा ५ लाख ३३ हजार संक्रमितको संख्या पुग्दा करिब १७ हजारले ज्यान गुमाएका छन् ।
नेपालमा संक्रमितको संख्या ३१ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ३१ हजार १ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १४६ जनाको ज्यान गएको छ । नेपालमा १८ हजार ३ सय ५० जनाले कोरोनासँग जितेर घर फर्केका छन् ।