आज :

दक्षिण कोरियामा कोरोना संक्रमणको दोस्रो छालः देशव्यापी कडा निषेधाज्ञा घोषणा

काठमाडौं । दक्षिण कोरियामा कोरोना संक्रमित बढ्न थालेपछि देशव्यापी कडा निषेधाज्ञा घोषणा गरिएको छ । पछिल्लो समय झनझन कोरोना बढेको भन्दै शनिबारबाट लागु हुने गरी कडा निषेधाज्ञा जारी गरिएको दक्षिण कोरियामाका स्वास्थ्य मन्त्री पार्क नेउङ हुले जानकारी दिए ।

स्वास्थ्यमन्त्री हुलेकाअनुसार कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिन आजदेखि देशभरिनै भेला हुन, रात्रिकालीन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भीडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाइएको छ ।

आज नयाँ थपिएका सङ्क्रमितमध्ये अधिकांश राजधानी सोल महानगरपालिकाभित्रकै भएपनि दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको छन् ।

त्यहाँ कोरोना संक्रमितको संख्या १७ हजार नाघिसकेको छ । दक्षिण कोरियामा कोरोनाभाइरसको सङ्क्रमण आज थप ३३२ जनामा देखिए पछि कडा नियम लगाएको पनि उनले बताए । सङ्क्रमण राजधानी बाहेक देशका अन्य ठूला सहरहरुमा पनिकोरोना बढि देखिन थालेपछि यस्ता प्रतिवन्धात्मक व्यवस्थाहरु लागू स्वास्थ्य मन्त्री हुले बताए ।

विना लकडाउन कोरोना भाइरस संक्रमणलाई नियन्त्रणमा राखेको दक्षिण कोरियामा ८ महिनापछि दोस्रो छाल आएको मानिएको छ । विश्वका अधिकांश देशहरु लकडाउन भएपनि कोरियाले दूरी कायम गर्दै नियमित गतिविधि संचालन गरिरहेको थियो । पछिल्लो एक हप्तादेखि कोरोना संक्रमण बढेपछि दक्षिण कोरियाको जनजीवन प्रभावित भएको छ ।

यसैबीच कोरोनाका कारण विश्वभर करिब ८ लाख मानिसले ज्यान गुमाएका छन् भने २ करोड ७० लाख भन्दा बढी संक्रमित भएका छन् । सन् १९१८ को स्प्यानिश फ्लूका कारण ५ करोड बढीले ज्यान गुमाएको बताइन्छ । अमेरिकाको जन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार शनिबार बिहानसम्म कोरोनाभाइरसबाट मर्नेको संख्या ७ लाख ९९ हजार बढी पुगेको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसा विश्वभर कोरोनाबाट २ करोड २८ लाख बढी मानिसहरु संक्रमित भएका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या ५६ लाखभन्दा बढी रहेका छन् भने १ लाख ७५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ३५ लाख ३२ हजारभन्दा बढी संक्रमित रहेका छन् । त्यहाँ १ लाख १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । तेस्रो स्थानमा भारतमा २९ लाख बढी संक्रमित रहेका छन् ।

भारतमा भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५५ हजार नाघिसकेको छ । कोरोनाबाट ज्यान गुमाउनेको आधारमा भने मेक्सिको तेस्रो स्थानमा छ । त्यहाँ ५९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal