आज :

आज तत्कालीन नेकपा (माओवादी) का नेता सहिद रामवृक्षको जन्मदिन

काठमाडौँ । भदौ २ गते अथवा आज तत्कालीन नेकपा (माओवादी) का नेता सहिद रामवृक्ष यादवको २७औँ स्मृतिदिवस हो ।
धनुषाको बर्मझियामा जन्मिएका यादवलाई तत्कालीन देउवा सरकारको संरक्षणमा काङ्ग्रेसी गुन्डाहरूले बर्मझियामै हत्या गरेका थिए ।

२०५१ साल भदौ १ गते नेपालबन्दको कार्यक्रम सकेर भोलिपल्ट भदौ २ गते वीरेन्द्रबजारबाट घर फर्कंदै गर्दा सादा पोसाकमा रहेका प्रहरी र नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले घरेलु हतियार प्रयोग गरी बीभत्स तरिकाले यादवको हत्या गरेका थिए ।
नेपालमा जनयुद्ध सुरुआतको समयमा केन्द्रीय तहबाट भएको यो ठूलो बलिदान थियो ।

तराईमा माओवादीको प्रभाव विस्तार रोक्ने देशी–विदेशी षड्यन्त्रमा यादवको हत्या भएको माओवादी निष्कर्ष थियो । रामवृक्ष यादवको हत्याभएको आज २६ वर्ष पुगिसकेको छ । रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा महान् क्रान्तिकारी योद्धा, नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा तथा तत्कालीन महान् नेपाली जनयुद्धका पहलकर्ता रामवृक्ष यादवप्रति नेपाल कम्युनिस्ट पार्टीले श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेको छ ।

तराई क्षेत्रमा सामन्त जमिनदारहरूले गाउँका जनता माथि गरेको थिचोमिचो, अन्याय–अत्याचार देखेर त्यसको अन्त्य गर्न कम्युनिस्ट बनेका रामवृक्ष यादव होनहार इमानदार र कर्मठ योद्धा थिए ।

यादव वर्ग प्रतिको इमानदारी र क्रान्तिप्रतिको निष्ठाभावले भरिएका व्यक्ति थिए । उनी कम्युनिस्ट क्रान्तिकारीहरूका लागि वैचारिक प्रेरणा र प्रतिबद्धताका अगुवाका रूपमा रहिरहने छन् । नेकपाले प्रत्येक वर्ष भदौ २ गते यादवको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal