आज :

काठमाडौं उपत्यकामा कोरोना भुसको आगोझैं फैलिँदैः बुधबार विहानै थप दुई जनाको ज्यान गयो

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुई जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । ललितपुरको पाटन अस्पताल र किष्ट अस्पतामा उनीहरुको उपचारको क्रममा ज्यान गएको हो ।

पाटन अस्पताल भर्ना भएकी जनकपुरकी २८ वर्षीया महिलाको निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनलाई साउन १८ गते अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमण भएर उपचाररत उनको ज्यान गएको स्वास्थ्य कार्यालयले बुधबार विहान पुष्टि गरेको हो ।
त्यसैगरी ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको पनि कोरोनाका कारण निधन भएको पुष्टि भएको छ । उनको निधनपछि रिपोर्ट आएको हो ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे निधन भएको थियो । उनको पीसीआर रिपोर्ट बुधबार विहान मात्रै आएको हो ।

ज्वरो, पखाला र वान्ता हुन थालेपछि उनलाई साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । अस्पतालले उपचार गर्न नमान्दा उनलाई समस्या थपिएको बताइएको छ ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण समुदायसम्म पुगेको भन्दै कडाई गरिएपनि संक्रमण झनझन फैलिरहेको छ ।

मंगलबार काठमाडौं उपत्यकामा १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंका ११० जना, भक्तपुरका ८ र ललितपुरका १६ जनामा संक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज‍ानकारी दिएको थियो । मंगलबारसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ३१३ पुगेको थियो ।
कोरोना बढेसँगै उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा पुन रोक लगाउनुका साथै भिडभाड हुनेगरी जात्रा नमनाउन पनि सरकारले आग्रह गरेको छ ।

मंगलबासम्म नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ भने संक्रमितमध्ये १६ हजार ६६४ जना डिस्चार्ज भएका छन् । ७ हजार २०१ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १७१ जना संक्रमित डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal