आज :

अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना, ३ जनाको निधन, २९ जना घाइते

धनगढी । कोरोना भाइरसबाट बच्न गाउँ फर्केकाहरु सवार बस डोटीमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । कैलालीको धनगढीबाट अछाम जाँदै गरेको बस डोटीको पूर्वीचौकी गाउँपालिकामा बस दुर्घटना भएको हो । ना ६ ख २५२९ नम्बरको बस पुर्वीचौकी-१ फुलौटमा दुर्घटनामा भएको दुर्घटनामा परी अन्य २९ जना घाइते भएका छन् ।

डोटी प्रहरीका अनुसार तीन जनाको घटनास्थलमै निधन भ‍एको थियो भने घाइतेको नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली र स्थानीयले उद्दार गरिरहेका छन् । बस सडकबाट चिप्लिएर ३० मिटर तल खसेको बताइएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । बसमा ३२ जना यात्रु बसमा सवार रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal