आज :

रुसले बनायो कोरोनाविरुद्धको पहिलो खोप, राष्ट्रपति पुटिनकी छोरी लाई पहिलो खोप

काठमान्डौं । रुसले कोरोनाभाइरस बिरुद्धको खोप बनाएको छ । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले मंगलबार खोप बनेको घोषण गरेका हुन् ।पुटिनले मस्कोमा सरकारका सदस्यहरूसँगको बैठकमा बोल्दै गमलेया राष्ट्रिय अनुसन्धान केन्द्रले बनाएको उक्त खोप रूसी स्वास्थ्य मन्त्रालयमा आधिकारिक रुपमा दर्ता भएको र खोपले राम्रो नतिजा दिएको  बताए ।

कोरोना भाइरस संक्रमण फ‍ैलिएदेखि नै रुसी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई राष्ट्रपति पुटिनले खोप निर्माण गर्न निर्देशन दिएका थिए । त्यसपछि वैज्ञानिकहरु रातदिन खटिएका थिए । रुसले अमेरिका-यूरोप लगाउतका देशहरुलाई कोरोना नियन्त्रण गर्न सहयोग पनि गरिरहेको छ ।

रुसी संचारमाध्यमहरुका अनुसार रुसले कोरोना रोकथाम तथा नियन्त्रणसँगै खोप पनि बनाइरहेको थियो । खोपको धेरै चरणका सफल परीक्षणपछि रुसको स्वास्थ्य मन्त्रालयले मानिसहरुमा प्रयोग गर्नका लागि अनुमति समेत दिइसकेको छ ।

खोपले राम्रो नतिजा दिएको बताउँदै राष्ट्रपति पुटिनले भने, ”खोपले सक्रमितहरुको कोरोनाभाइरस प्रतिरोध क्षमता बढाएको छ । यो भ्याक्सिन सबैका लागि उपयुक्त छ । त्यसैले रुसमा धेरै मानिसमा दिन थालिएको छ ।”

राष्ट्रपति पुटिनले जनतालाई सुरक्षित महशुस गराउन पहिला आफ्नो छोर‍ीलाई पनि खोप दिइएको जानकारी दिए । ”यो भ्याक्सिन पूर्णरुपमा सुरक्षित छ । हाम्रो छोरीलाई पनि दिइएको छ” पुटिनले छलफलमा भनेको रुसी संचारमाध्यमहरुले बताएका छन् । खोप इन्डोनेसियामा १ हजार ६ सय २० जना कोरोनाभाइरस संक्रमितमाथि पनि प्रयोग गर्न लागिएको पुटिनले जान‍कारी समेत दिए । उनले खोप कोरोनाविरुद्धको पहिलो सफल खोप भएको दाबी गरे ।

रुसी अधिकारीहरुका अनुसार नेपालसहितका देशहरुलाई निःशूल्क खोप उपलब्ध गराउने तयारी पनि भइरहेको छ । उनीहरुले आफ्नो देशका नागरिकमाथि परीक्षण सफल भएपछि बाहिर परीक्षणमा ल्याइसकेका छन् ।

यसअघि चीनले पनि खोप मानिसमा सफल परीक्षण गरिसकेको छ । अहिले चीनले कोरोनाको खोप उत्पादन गरिरहेको बताएका छ । केही दिन पहिलेमात्रै चीनले नेपाललाई खोप निःशूल्क उपलब्ध गराउने बताइसकेको छ ।

यसअघि बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अमेरिकाले पनि कोरोना विरुद्धको खोप बनाएको दाबी गरेपनि मानिसहरुमा दिन भने सकेका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना विरुद्धको औषधि बनाएको दाबी फेल भइसकेको छ । अमेरिकालाई कोरोना विरुद्धको ल डाइँमा फलता प्राप्त हुन सकेको छैन ।

भिडियो पनि:

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal