आज :

नेकपाका सेक्रेटरी सहित ३ जना कार्यक्रर्ता समातिए, बिप्लवद्धारा एकीकृत जनक्रान्ति नरोकिने बरु सरकारलाई गारो हुने चेतावनी

  • नेकपाका सेक्रेटरी सहित ३ जना कार्यक्रर्ता समातिए, बिप्लवद्धारा एकीकृत जनक्रान्ति नरोकिने बरु सरकारलाई गारो हुने चेतावनी

काठमाडांै । जिल्ला प्रहरी कार्यालय जुम्लाले प्रतिबन्धित नेकपाका जुम्ला जिल्ला सेक्रेटरी सहित ३ जना कार्यक्रर्ता समातेको छ । जुम्लाको तिला गाउँपालिका–७, घोडेगाउँबाट उनीहरू समातिएका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता राजेशनाथ बाँस्तोलाले दिएको जानकारी अनुसार उनिहरु जुम्ला जिल्ला सेक्रेटरी राजबहादुर भाम, नन्द तिरुवा र सपना बुढा हुन् ।

उनिहरुबाट प्रहरीले रसिद, विप्लव नेकपाको सदस्यता रसिद, किताब बरामद भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

साथै हिजो मात्र नेकपा काभ्रेका नेता प्रशान्तकुमार मोक्तान (प्रेम लामा) भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट काभ्रे प्रहरीले गि’रफ्तार गरेको थियो । त्यसै गरी हरी तिन दिन अघिमात्र बाढी पहिरो र कोरोनाबाट प्रभावति स्थानीयलाई राहत वितरण गर्दै नेकपा जिल्ला सेक्रेटरसहित आधा दर्जन नेतालाई प्रहरीले गिसरफ्तार गरेको थियो । त्यस्तै नेकपाका केन्द्रीय सदस्य तथा धौलागिरि ब्युरो इन्चार्ज ध्रुव घिमिरे ‘विप्लव’ का नाउँमा म्याग्दी जिल्ला अदालतले पक्राउ पुर्जी टाँसेको थियो । त्यस्तै गरी पश्चिम रुकुममा विप्लव निकट नेकपाका अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहोरा, घमण्ड महर र गोपीप्रसाद घर्तीलाई गिरफ्तार गरेको थियो ।

सरकारबाट यसरी नै धरपकड र गि रफ्तारी जारी रहे आफूहरु प्रतिरोध गर्न बाध्य हुने नेकपाले चेतावनी दिएको छ । पार्टीका महासचिव विप्लवले हालै दिएको एक अन्तरवार्तामा विप्लवले गिरफ्तारीले एकीकृत जनक्रान्ति नरोकिने बरु सरकारलाई गारो हुने चेतावनी दिएका थिए । यो निकै अनैतिक, अमानवीय र क्रूर भएकाे जिकिर गरेका छन् । त्यस्तै नेकपाले कोरोना महामारीमा जनताको भावनालाई कदर गर्दै राज्यविरुद्ध आक्रामक कारबाहीहरू राकेको उल्लेख गरका छन् ।

उनले केपी सरकारले कायर्कता विरुद्ध अप्रेसन गर्ने, गिरफ्तार गर्ने, जेल हाल्ने कार्य एकछिन पनि नरोकेको प्रति आलोचना गरेका थिए । उसको यो अनैतिक, हिंसावादी व्यवहारलाई जनताले पनि बुझ्दै गएको । केपीले केही कमरेडहरूलाई गिरफ्तार गरेर र जेल हालेर एकीकृत जनक्रान्ति रोकिने होइन, बरु यसले हामीलाई होइन, उसैलाई समस्यामा पार्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सबै

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरण सेवा वितरण कार्यक्रमको सुदृढीकरणको उपकार्यक्रम २ का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच उक्त हस्ताक्षर गरिएको हो । एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराईएको छ । प्रस्तुत ऋण सहायताको ग्रेस अवधि ८ वर्ष सहित भुक्तानी अवधि २४ वर्षको हुनेछ । सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको प्रस्तुत ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यस पश्चात १.५ प्रतिशत ब्याजदर रहनेछ । ऋण सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपाल आवासीय नियोगका निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका छन् । समारोहको शुरुवात सह–सचिव डा. धनीराम शर्माको मन्तव्यबाट भएको थियो । हस्ताक्षरपछि निर्देशक आनो कुश्वा तथा अर्थ सचिव डा. घनश्याम उपाध्यायले सम्बोधन गर्दै सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालको सार्वजनिक वित्तीय व्यवस्थापनका लागि सार्वजनिक श्रोतहरुको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाहलाई सुदृढ बनाउने कार्यमा यस कार्यक्रमको योगदान रहनेछ । यसले वित्तीय अनुशासन कायम राख्न, बजेट निर्माण तथा खर्च व्यवस्थापन सुधार गर्न, स्थानीय सरकारलाई थप सबलीकरण गर्न र समग्र विकास परिणामलाई नतिजामुखी बनाउने अपेक्षा गरिएको छ ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal