आज :

३१ सदस्यीय केन्द्रिय कमिटी सहित नेकपा माओवादी पुनर्गठन

काठमाडांै । नेकपा माओवादीले पाटि पुनर्गठन गरेको बताएको छ । जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेपछि नेकपा माओवादी पुनर्गठन भएको पत्रकार सम्मेलन माफर्त बताएको छन् ।

नव–गठिन नेकपा माओवादीमा अध्यक्ष जुनेल जीपी सहित ३१ सदस्यीय केन्द्रिय कमिटी निर्माण भएको घोषणा गरिएको छ ।
हाल सत्तारुढ दल नेकपाले सर्वहारा जनताको मुद्दा स्थापित गर्न नसकेको र सत्ताकै लागी मात्र लडाई गरेकाले बाध्य भएर आफूहरुले नेकपा माओवादी पुनर्गठन गर्न बाध्य भएको नव–गठित अध्यक्ष जुनेल जीपीले बताउनु भयो ।

उहाँले भन्नुभयो “प्रचण्ड र बादलसँग पटक पटक बार्ता गर्दा पनि जनयुद्धका घाइते, अपागं, मजदुर किसानको मुद्दालाई बेवास्ता गरेपछि पार्टी पुनर्गठनको घोषणा गरिएको हो ।”
आर्थिक सामाजिक रुपान्तरण र सर्वाहारा जनताको मागलाई उपेक्षा गरिएपछि आफूहरुले नेकपा माओवादी घोषणा गरेकोे नव–गठित नेकपा माओवादीका प्रवक्ता डेनीस सिंहल बताउनुभयो ।

त्यस्तै हालको अवस्था सम्म पुग्न १० वर्ष जनयुद्धका नाममा प्रचण्ड लगायतका नेताले १७ हजारको बलिदानलाई सत्ताका लागि खुडकिलो मात्र बनाएका कारण आफूहरु ती सहिदको भावनालाई मध्यनजर गर्दै नवगठित पार्टी घोषणा गरिएका प्रवक्ता सिंहले बताउनुयो ।

उक्त नवगठिन नेकपा माओवादीमा साविक नेकपा माओवादी केन्द्र सँग आवद्ध भएका ३१ सदस्यीय नेताहरुले पार्टी पुनगठन गरेका हुन् ।

हालै साविक नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भएसँगै राष्ट्रिय राजनीतिमा हलचल पैदा भएको थियो । नवगठिन नेकपा माओवादी घोषणाले सत्तारुढ दल नेकपा र राष्ट्रिय राजनीतिमा हलचल आउने राजनीतिक विश्लेषकहरुको अनुमान रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal