आज :

कर्णाली प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न पुनः एक महिना कडा लकडाउनः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशभर एक महिना कडा लकडाउन गर्ने बताएका छन् । उनले प्रदेशमा लक्षणसहितका कोरोना भाइरस संक्रमित देखिए कम्तीमा २५ दिन लकडाउन गर्ने बताएका हुन् ।

देशका विभिन्न जिल्लाहरुमा लक्षणसहितको कोरोना संक्रमित भइरहेको बेला मुख्यमन्त्री शाहीले प्रदेशमा सुरक्षित राख्न कडा खालको लकडाउन गर्ने बताएका छन् । मंगलबार प्रदेश राजधानी सुर्खेतमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शाहीले कोरोना संक्रमण रोकथामका लागि प्रदेशले विकल्पसहितको योजना बनाइरहेको जानकार पनि दिए ।

कोरोना संक्रमितको संख्या बढ्दै गएमा फेरि नाका सिल गर्ने बताउँदै मुख्यमन्त्री शाहीले भने, “अब कर्णाली प्रवेश गर्ने नाकामा नै पीसीआर मेसिन राखेर कोरोना परीक्षण गरेपछि मात्रै प्रदेशमा प्रवेश पाइने अवस्था पनि आउन सक्छ ।” नाकामा फेरि कडाई सुरु गरिएको छ ।

मुख्यमन्त्री शाहीले लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि समस्या आउने भन्दै प्रदेशमा एकद्वार प्रणालीबाट राहत बाँडिने पनि बताएका छन् । उनले यसअघि राहत बाँड्नेहरुमा पनि संक्रमण देखिएकोले व्यवस्थित गरिने जानकारी दिए । मुख्यमन्त्री शाहीले मास्क किन्न नसक्ने प्रदेशवासीलाई सरकारले दिने बताउँदै घरबाहिर जथाभावी ननिस्कन समेत आग्रह गरेका छन् ।

त्यसैगरी प्रदेशमा पीसीआर परीक्षण गर्ने प्रयोगशालाको कमि नभएको मुख्यमन्त्री शाहीले बतए । उनले प्रदेशका १० वटै जिल्लामा अक्सिजन प्लान्ट राख्ने, त्यो सम्भव नभए केही जिल्लाहरुको सेन्टर पर्ने स्थानमा राख्ने जानकारी समेत दिए ।

लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि पुनः देशभर लकडाउन गर्नुपर्ने माग पनि उठेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसहितको सर्वपक्षीय छलफलको आयोजना गरेका थिए । सो क्रममा अधिकांशले सरकारले लकडाउन खोलेर गल्ती गरेको भन्दै कम्पतिमा पनि एक महिनाको लागि पुनः लकडाउन गर्न सुझाव दिएका थिए ।

प्रधानमन्त्री ओली पनि पुनः लकडाउन गर्ने कुरामा सकारात्मक देखिएका थिए । उनले आफ्नो पार्टीका नेता कार्यकर्ताहरुले नै सरकार निर्देशन र गैरजिम्मेवारी देखाएको बताए । उनले सडकमा भइरहेको विरोध कार्यक्रम गर्न नहुने बताए । ओलीले पार्टीमा केन्द्रीय समिति बैठकको माग गर्दै उठेका आवाजलाई गलत भएको समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal