कालिकोट ।
जिल्लाको रास्कोट नगरपालिका देखि सान्नी त्रिवेणी गाउँपालिका तर्फ जाँदै गरेको ट्याक्टर खोलामा खसेको छ । बिहिबार सान्तिघाट खोलाबाट बालुवा लिएर फर्किदै गरेको ट्याक्टर सान्तिघाट बजार नजिकै खोलामा खसेको हो । ट्याक्टर चालक धिरेन्द्र पाण्डे खस्दै गरेको ट्याक्टरबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । लोड रहेको ट्याक्टर उकालोमा हिलोमा फसेको र ब्याक लिने क्रममा ट्याक्टर सडकबाट खोलामा खसेको बताईएको छ ।