आज :

चिनियाँ राजदूतको राजनीतिक भेटवार्ता जारीः खनालसँगको ४५ मिनेट वार्तामा के भनिन् ?

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको राजनीतिक सक्रियाता बढिरहेको छ । मंगलबार नेपाल विहान कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।

खनाललाई भेट्न यान्छी डल्लुस्थित निवासमा पुगेकी थिइन् । (नेकपा) को विवाद फुट नजिक पुगेपछि चिनियाँ राजदूत यान्छीको सक्रियाता बढेको हो । यसअघि अर्का नेता माधव कुमार नेपालसँग भेटेकी थिइन् ।

राजदूत यान्छी चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश लिएर नेताहरुसँग भेटवार्ता गरिरहेकी छन् । सीले (नेकपा)का नेताहरुलाई नफुट्न र आन्तरिक विवादलाई छलफलको माध्यमबाट समाान गर्न सन्देश पठाएको बताइएको छ ।

(नेकपा)को स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनामा मागेपछि विवाद फुट नजिक पुगेको छ । पार्टी फुट्न नदिन सबै नेताहरुले छलफलमा जुटेका छन् । पार्टी विभाजनको लागि ओलीले तयारी गरिरहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले जारी संसद एकाएक बन्द गरेपछि विवाद चुलीमा पुगेको छ । प्रधानमन्त्रीले अध्यादेश ल्याएर पार्टी फुटाउन लागेको भन्दै अर्का अध्यक्ष प्रचण्ड, नेता माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरुले विरोध जनाएका छन् । ओलीले कार्यशैली र सरकारको काम जनताको हितमा नभएको भन्दै राजिनामा मागिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal