आज :

कोरोना संकटमा पेशाबाट निस्काशन गर्ने मिडिया मालिकविरुद्ध पत्रकार सडकमा 

काठमाडौं । कोरोनाभाइरस माहामारीमा मानवीय संवेदना समेत गुमाएर पत्रकारलाई पेशाबाट निस्कान गर्ने, पारश्रमिकबाट बञ्चित गर्ने मिडिया मालिकविरुद्ध पत्रकार सडकमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघको अगुवाईमा  श्रमजिवी पत्रकार र पत्रकार संघ संगठनहरु विरोधमा उत्रिएका हुन् ।

शुक्रबार दिउँसो काठमाडौंको बबरमहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले हालको अवस्थामा पत्रकारहरुलाई पेशागत संकट परेको बताए । कोरोनाका कारण देखाउदै मिडिया मालिकहरुले पत्रकारिता गरि बाच्न पाउने पत्रकारको अधिकार खोसेको आचार्यले बताए । पत्रकारलाई जागिरबाट निस्काशन गर्ने , बेतलबी बिदामा राख्ने गरेको भन्दै ति समस्या समाधानका लागि महासंघ शनिबारदेखि त्यस्ता सञ्चारगृहमागई अनुगमनगरी निश्कासित पत्रकारको अधिकार पुनःस्थापित गर्न आन्दोलन गर्ने जानकारी समेत दिए ।

यस्तै महासंघका महासचिव रमेश विष्टले पत्रकारको श्रम शोषण गर्ने सञ्चार गृह बन्द हुँदैमा जनता सूचनाको हकबाट बञ्चित नहुने बताए । पत्रकारको हितका लागि सबै पक्षलाई जानकारी गरेर मात्रै आन्दोलनमा आएको भन्दै विष्टले सहज ढंगबाट श्रमजीवि पत्रकारको अधिकार बिस्थापीत हुँदै जाने हो भने महासंघ टुलु टुलु हेरेर नबस्ने बताए ।

महासंघको पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडियाका मालिकहरुले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताए । कार्यक्रममा प्रेस संगठनका संयोजक महेश्वर दाहालले पत्रकारहरुले हिजको दिनमा देशको स्वतन्त्रताका लागि लडेकोभन्दै आज कोरोनाको बाहानमा पत्रकारको पसिनाको परिश्रम नदिने मिडियाका मालिकलाई कुनैपनि वाहानामा नछोड्ने धारणा बताए ।

नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिंग्देलले कारोनाको बाहानमा पत्रकारलाई मिडियाका मालिकहरुले सडकमा ल्याएको भन्दै श्रमजीवि पत्रकारको हकहितका लागि सञ्चारगृह मात्रै हैन मिडियाका मालिकको घरमै गएर आन्दोलन गर्ने चे तावनी दिए । सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डितले जनतालाई स–ुसूचितगर्ने कार्यमा जस्तोसुकै अवस्थामा खटिएका पत्रकारलाई कोरोनाको बहानामा पेशाबाटै बञ्चित गरिनु अत्यन्तै दुःखद भएको भन्दै पत्रकारले श्रमको उचित मूल्य पाउनुपर्ने बताइन् ।

क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य धनन्जय बुढाले मिडियाका मालिकहरुले पत्रकारमाथि गरिएको श्रम शोषणविरुद्र हिजोदेखि नै आफ्नो संगठन लागेको भन्दै महासंघको यस अन्दोलनमा ऐक्यवद्धता रहेको बताए । कोरोना संकटको बेला मिडिया मालिकहरुले मानवीय संवेदनसमेत गुमाएर संचारकर्मीलाई जबरजस्त निकालेको भन्दै बुढाले आपत्ति जनाए । उनले मिडिया मालिकको घरमै गएर धर्ना दिने चे’तावनी समेत दिए ।

प्रगतिशिल पत्रकार संघका पूर्व अध्यक्ष नारायण शर्माले श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयनकालागि बषौंदेखि आवज उठाइरहेको अवस्थामा आज त्यही मुद्दामा सबै पत्रकारको साझा मुद्दाका रुपमा लिएर आन्दोलन भइरहेकोमा त्यसमा आफ्ना संगठनको पूर्ण साथ रहने बताए ।

प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीले मिडिया मालिकहरुले श्रमजीविहरुको शोषणा गर्न नयाँ रोग नभएको बताउँदै कोरोना संकटको बेला निस्कासन गर्ने मिडिया मालिकविरुद्ध सं घर्ष गर्ने समेत बताए ।

कान्तिपुर संयुक्त ट्रेड यूनियनका प्रतिनिधि अर्जुन पाठकले जसरी मिडिका मालिकहरुले श्रमजीवि पत्रकारलाई श्रमशोषणगरि सम्पत्ति कमाएका छन् त्यसको पर्दाफास गर्ने बेला आएको बताए । प्रेस नेपालका अध्यक्ष केशव अर्यालले श्रमजीवि पत्रकारकालागि आफ्नो संगठनले पटक पटकआवाज उठाउदै आएको भन्दै मिडियाका मालिकहरुले नाफा कमाउदा महल बनाउने, घाटाको भागिदार श्रमजीवि पत्रकार हुनुपर्ने व्यवस्था खारेजी हुनुपर्ने भन्दै मिडियाका मालिकहरुलाई पत्रकारको श्रमको परिश्रमिक दिन माग गरे ।

जनपत्रकार संगठनकी सचिव सृजना तिम्सिनाले मिडिया मालिकहरुले पत्रकारलाई प्रयोग गर्दै फाइदा उठाउने र संकटका बेला पत्रकारको घाउमा नुन छर्ने काम इतिहासदेखि भइरहेको भन्दै त्यसबिरुद्ध कडा आ’न्दोलन आवश्यक रहेको बताइन् ।

लोकतान्त्रीक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडीले मिडियाका मालिकले पत्रकारको रोजीरोटि खोसेको भन्दै हिजो उनिहाँहरुले मिडिया खोल्दा कति सम्पति थियो,आजकति छ,त्यसको छानविन हुनुपर्ने धारणा राखे ।

कार्यक्रम पछि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले पत्रकार तथा संचारकर्मीको पसिनाबाट करोडौं नाफा कमाएको तर संकटक बेला सहयोग गर्नुको साटो निस्कासन गर्ने कार्य आपत्तिजनक रहेको बताए । जैसीले महासंघमा गुनासो गर्ने पत्रकारको संख्या बढिरहेको बताउँदै श्रमिजीवीको अधिकार रक्षाको लागि आ न्दोलन सुरु भइसकेको बताए । उनले पत्रकारको न्यायको लागि मिडिया मालिकहरुको घरमै गएर धर्ना बस्न समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal