काठमाडौँ । नेपालमा कोरोना भाइरससँग जित्नेको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ६६ जनाले कोरोनासँग जितेर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले आइतर थप गरी कोरोनासँग जित्नेको संख्या ३ हजार १३ पुगेको छ । त्यसैगरी आइतबार नै थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलबस्तु, पाल्पा, प्युठान, दाङ, रोल्पा, रुकुम पश्चिमलगायतका जिल्लामा गरी थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
नयाँ संक्रमितमा महिला १०५ र पुरुष ३५८ जना रहेको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ७७२ पुगेको छ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ ।
यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ । आज देशभरीका विभिन्न क्वारेन्टिनमा क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् । प्रवक्ता गौतमले ९ हजार ७ सय ३१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको जानकारी पनि दिए ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          




