आज :

नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुग्यो, विहीबार अहिलेसम्मकै धेरै ३३४ जनामा कोरोना

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट २ हजार ६ सय ३४ जनामा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

नियमित प्रेस ब्रिफिङमा विहीबार देवकोटाले देशका विभिन्न प्रयोगशालामा परिएको परीक्षणको क्रममा थप व्यक्तिमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । प्रवक्ता डा. विकास देवकोटाका अनुसार सबैभन्दै धेरै दैलेखमा मात्र ११३ जना संक्रमित भेटिएका छन् । त्यस्तै रौतहटमा ६५ सहित अन्य जिल्लामा नयाँ संक्रमित भेटिएका हुन् ।

यससँगै नेपालमा संक्रमितको संख्या २६ सय ३४ पुगेको छ । उनीहरु मध्ये १० जनाको मृत्यु भएको छ भने २९० जना कोरोना मुक्त भएका छन्

कोरोनाका कारण मृत्यु भएको छ । पाल्पाका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो । योसँगै मृत्यु हुनेको संख्या १० पुगेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal