आज :

कजाकस्तान विमान दुर्घटनाः ३८ जनाकाे मृत्यु, राष्ट्रिय शोकको घोषणा

  • अनलाइन डबली

काठमाडाैँ । कजाकस्तानमा विमान दुर्घटना भएकाे छ । बुधबार अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित जे२–८२४३ उडान नम्बरको एम्ब्राएर १९० विमान बाकुबाट ग्रोज्नी जाँदै गर्दा कजाकस्तानको अक्ताउ विमानस्थल नजिक दुर्घटनाग्रस्त भएपछि उपप्रधानमन्त्री बोजुम्बायेभले यस्तो बताएका हुन ।

कजाखस्तानको आपतकालीन स्थिति मन्त्रालयका अनुसार विमानमा ६७ जना सवार भएकोमा ३८ जनाको ज्यान गएको छ ।

उपप्रधानमन्त्री कानात बोजुम्बायेभले कजाकस्तानमा भएको विमान दुर्घटनाको कारण हालसम्म पुष्टि गर्न नसकिएकाले घटनाको निष्कर्षसम्म पुग्न समय लाग्ने बताएका छन् ।

दुर्घटनापछि कजाकस्तान र अजरबैजान दुवै देशले उक्त विमान दुर्घटनाको कारण पत्ता लगाउन राष्ट्रिय समिति गठन गरेको घोषणा गरेका छन् ।

यद्यपी, हालसम्म दुवै देशका सरकारहरूले यो घटनाको कारण तत्काल निर्धारण गर्न नसकिने बताएका छन् ।
बोजुम्बायेभले एक अन्तर–विभागीय अनुसन्धान टोली गठन गरिएको जानकारी दिएका छन । उनका अनुसार आपराधिक अनुसन्धान र पहिचान विशेषज्ञहरू तथा नागरिक उड्डयन व्यवस्थापनका विशेषज्ञहरू अक्ताउमा थप अनुसन्धानका लागि पुगिसकेका छन् ।

विशेषज्ञहरूले घटनास्थलबाट सम्पूर्ण प्रमाण सङ्कलन गरी आपराधिक मुद्दाको ढाँचामा आवश्यक पहिचानको काम गर्नेछन जसबाट उक्त दुर्घटनाको कारण पत्ता लगाउनका लागि सहयोगको अपेक्षा गरिएको बोजुम्बायेभले बताए ।

यसैबीच, अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले बुधबार एक आधिकारिक आदेश जारी गरी डिसेम्बर २६ लाई राष्ट्रिय शोक दिवसको रूपमा घोषणा गरिसकेका छन् ।

रुसको हवाई क्षेत्रमा सन् पिटर्सबर्ग शिखर सम्मेलनका लागि विमान दुर्घटनाका क्रममा राष्ट्रपति अलियेभ जाँदै थिए तर दुर्घटनाको जानकारी पाउँनेबित्तिकै राष्ट्रपति अलियेभले आफ्नो उडान फिर्ता गरेका थिए ।

दुर्घटनाग्रस्त विमानले खराब मौसमका कारण आफ्नो मार्ग परिवर्तन गरेको राष्ट्रपति अलियेभले बताएका छन् ।

तर घटनाको वास्तविक कारण अझै स्पष्ट नभएकाले सो घटनाको कारणबारे अहिले नै चर्चा गर्नु चाँडो हुने उनको भनाई छ । अजरबैजान एयरलाइन्सका अनुसार दुर्घटनाग्रस्त विमानको सबैभन्दा हालैको प्राविधिक जाँच अक्टोबरमा गरिएको थियो । विमानका कप्तानसँग १५ हजार घण्टाभन्दा बढीको उडान अनुभव रहेको जनाइएको छ ।

हालका लागि अजरबैजान एयरलाइन्सले घटनाको अनुसन्धान सम्पन्न नहुँदासम्म बाकुबाट ग्रोज्नी, रुस तथा बाकुबाट माखाचकाला, रुससम्मका सबै उडान स्थगित गर्ने घोषणा गरेको छ ।

(सीसीटिभीप्लस)

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal