आज :

भारतीय अतिक्रमणविरुद्ध बहिर्गमित जनमुक्ति सेनाले मोदीको पुत्ला जलायो (भिडियोसहित)

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी सडक बनाएको विरोधमा बहिर्गमित जनमुक्ति सेना बुधबार साँझ काठमाडौँमा पुत्ला जलाएको हो ।
संगठनका अध्यक्ष रमेश बसेल ‘करण’ का अनुसार भारतीय अतिक्रमणविरुद्ध बहिर्गमित जनमुक्ति सेनाले काठमाडौँको स्वायम्भुमा मोदीको पुत्ला जलाएको थियो । बहिर्गमित जनमुक्ति सेनाले दिउँसो १ बजे भारतीय दूतावास अगाडि मोदीको पुत्ला जलाउने कार्यक्रम भएपनि सो क्षेत्रमा प्रहरी परिचालन गरेका कारण सम्भव नभएको करणले बताए ।

भारतीय अतिक्रमणविरुद्ध चर्का नारा लगाउनुको साथै नेपालीभूमिमा सडक निर्माण गरिसक्दा पनि नरोकेको भन्दै सरकारविरुद्ध नाराबाजी गरिएको थियो ।  भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्नुपर्ने बताउँदै आएको बहिर्गमित जनमुक्ति सेनाले आवश्यक परे आफूहरु सीमा रक्षाको लागि लड्न तयार रहेको बताउँदै आएको छ ।

भारतीय अतिक्रमणविरुद्ध संगठनले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको जानकारी दिँदै उपाध्यक्ष तथा प्रवक्ता राजन थापा ‘सुवास’ पहिलो चरणका कार्यक्रम अन्तरगत पुत्ला जलाएको बताए । थप संघर्षका कार्यक्रम ल्याउने सुवासले जानकारी दिए । कालापानी-लिपुलेक नेपालीको मुटु भएको बताउँदै अतिक्रमित भूमि फिर्ताको लागि सरकारलाई दबाब दिन विरोधका कार्यक्रम गरिएको बताए ।

भिडियो

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal