आज :

कोरोना भाइरसः सबै उपायहरु अवलम्बन गर्न प्राधिकरणको अनुरोध

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कोरोना भाइरस (COVID-19) रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा तथा सतर्कताका सबै उपायहरु अवलम्बन गर्न अनुरोध गरेको छ । प्राधिकरणले शनिबार विज्ञप्ति जारी गरेर पुनर्निर्माण तथा पुनर्स्थापनासँग सम्बन्धित सबैलाई सो अनुरोध गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित COVID-19 संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिबाट COVID-19 संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि गरिएका निर्णयहरुको कार्यान्वयन गर्न पनि आग्रह गरेको छ ।

प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले प्रेस विज्ञप्ति जारी गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित COVID-19 संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेका निर्णय कार्यान्वयन गर्न समेत भनेका छन् । प्रबक्ता अर्यालद्वारी विज्ञप्तिमा भनिएको छ, ”२०७२ साल वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पहरुबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण तथा पुनर्स्थापना कार्य जारी रहेका बेला COVID-19 ले विश्वव्यापी रुपमा नै स्वास्थ्यमा प्रभाव पारेकाले विशेष सतर्कता अपनाउनु पर्ने अवस्था सिर्जना गरेको छ । यसै अवस्थालाई ध्यानमा राखी पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यमा नेपाल सरकारद्वारा माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा गठित COVID-19 संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिबाट २०७६ साल चैत्र ५ गते COVID-19 संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि गरिएका निर्णयहरुको कार्यान्वयन गर्दै सुरक्षा तथा सतर्कताका सबै उपायहरु अवलम्बन गर्न पुनर्निर्माण तथा पुनर्स्थापनासँग सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरिन्छ ।”

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal