आज :

कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्‍यो, चीनभन्दा इटलीमा धेरै 

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्य दिनदिनै बढिरहेको छ । शुक्रबार विहानसम्म आउँदा विश्वमा १० हजार जनाको मृत्यु भइसकेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार विहानस्म आउँदा कोरोनाबाट १० हजार ४८ मानिसको ज्यान गएको छ ।

कोरोनाको उद्गम मानिएको चीनको वुहानमा पूर्ण नियन्त्रणमा आएको घोषणा भएको छ । तर इटलीमा चीनमा भन्द इटलीमा धेरैले ज्यान गुमाएका छन् ।

चीनमा अहिलेसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएको छ भने इटलीमा ३ हजार ४ सय ५ पुगेको छ । बिहीबार थप ४ सय २७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो । अझै इटलीमा मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ ।

इटली र चीनपछि मध्यपूर्वको देश इरान कोरोनाबाट प्रभावित बनेको छ । पछिल्लो २४ घण्टामै १ सय ४९ कोरोना संक्रमितको ज्यान गएको छ । इरानमा कोरोनाका कारण १ हजार २ सय ८४ जनाले ज्यान गुमाइसेका छन् भने सयौं व्यक्तिको अवस्था चिन्ताजनक छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal