आज :

भ्रमण वर्ष २०२० लाई टर्किस एयरलाइन्सले नेपालको प्रचार गर्ने

काठमाडौं । टर्किस एयरलाइन्सले नेपालको पर्यटन प्रवर्द्धनका लागि सघाउने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र एयरलाइन्सबीच भएको समझदारी पत्रमा भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्य र एयरलाइन्सका कन्ट्री मेनेजर अब्दुल्लाह टन्सर केचेचीले हस्ताक्षर गरेका छन् ।

शुक्रबार आयोजित कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै टर्किस एयरलाइन्सले युरोपमा आयोजित विभिन्न कार्यक्रममा नेपालको पर्यटनको प्रर्वधनात्मक कार्यक्रम गरिने कम्पनीका कन्ट्री म्यानेजर अब्दुल्लाह टन्सर केचेचीले बताए ।

उनले भ्रमण वर्षभर मात्र नभइ त्यसपछिका समयमा पनि नेपालको पर्यटन प्रवर्दधनका लागि आफ्नो कम्पनीले पूर्ण रूपमा सहयोग पुर्याउने बताएका छन् ।

पश्चिमा मुलुकबाट नेपाल सिधा उडान गर्दै आएको एक मात्र वायुसेवा कम्पनी टर्किस एयरलाइन्ससँगको एमओयुले मुलुकमा विभिन्न देशबाट आउने पर्यटकको संख्या वृद्धि हुने भ्रमण वर्ष २०२० सचिवालयका राष्ट्रिय संयोजक सुरज वैद्यले बताए ।

विभिन्न मुलुकमा पर्यटक भित्र्याउनका लागि विमानस्थल सुदृढीकरण, न्यून भाडादर, न्यून हवाई इन्धन दर लगायतका कुरामा ध्यान दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal