आज :

भ्रमण वर्षको मुखमा आर्किटेक्चरलको बृहत राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं । नेपाल पर्यटन वर्ष मनाउने अन्तिम तयारीमा जुटिरहेका बेला काठमाडौंमा बृहत राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

सोनाका महासचिव सुरज खनालका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘आर्किटेक्चरल रेस्पोन्सेस टू टूरिजम इन नेपाल’ भन्ने एजेण्डासहितको सम्मेलन आयोजना गर्न लागिएको हो ।

आज (शुक्रबार)देखि काठमाडौंको ठमेलस्थित अलफ्ट होटलमा सोसाईटी अफ नेप्लिज आर्किटेक्ट (सोना) को आयोजनामा शुरु हुने सम्मेलनमा देशभरका ५ सय भन्दा बढीको सहभागिता हुने बताइएकोे छ ।

पर्यटकीय क्षेत्र आर्किटेक्चरल हिसाबले जति मजबुत हुन्छ त्यति नै पर्यटकीय सम्भावना बढ्ने हुनाले यसतर्फ सरकारको ध्यानआकृष्ट गर्न सम्मेलन सहयोगी हुने आयोजकको दाबी छ ।

सम्मेलनले आर्किटेकटहरुको विगतको भूमिकाको समिक्षा गर्दै आगामी प्रयत्नलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने सोनाकी अध्यक्ष अञ्जु मल्ल प्रधानले बताईन् ।

सम्मेलनमा शहरको परिकल्पना, विपदपछिको संरचना र पर्यटकीय पूर्वाधारमा नयाँ मार्ग प्रसस्त गर्न छुट्टा छुट्टै छलफल हुने छ । कम लागतमा नै संरचनालाई दीगो र बहुउपयोगी बनाउन आर्किटेक्टको भूमिका महत्वपूर्ण रहने भन्दै मुलुकको पर्यटन विकासमा टेवा पुर्याउन सम्मेलनको आयोजना गरिएको छ ।

सम्मेलन २ दिनसम्म चल्नेछ । सम्मेलनमा आर्किटेक्ट, व्यवसायी, सरकारी निकायका साथै नेपालका पर्यटन र निर्माणक्षेत्रसँग जोडिएका अग्रणी संस्थाहरुको समेत सहभागिता रहनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal