काठमाडौं । प्रहरीले कन्सल्टेन्सीको नाममा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको पुतली बजार-२ का २७ वर्षिय रोहिन भनिने नेत्रबहादुर घर्ती रहेका छन् ।
उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले बिहीबार पक्राउ गरेको प्रहरीको भनाइ छ ।
उनले ओशो भिजन कन्सल्टेन्सी र हर्ट इन्टरनेश्नलको निर्देशक भएको बताएर वैदेशिक रोजगारमा जान खोज्ने व्यक्तिलाई ठगेको विषयमा उजुरी परेको थियो ।
त्यस सम्बन्धमा विस्तृत अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा उनलाई पठाइएको छ ।