आज :

विद्युत प्राधिकरणको सेवालाई प्रभावकारी बनाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

‘सहज सेवा, स्वच्छ नेपाल विद्युत प्राधिकरण’ राष्ट्रिय अभियानको शुक्रबार काठमाडौंमा शुभारम्भ गर्दै उनले प्राधिकरणको सेवा भरपर्दो र चुस्त बनाउन निर्देशन दिएका हुन् ।

सार्वजनिक संस्थानलाई पारदर्शी बनाउनुपर्ने भन्दै उनले पारदर्शी प्रशासनबाटमात्र सेवालाई प्रभावकारी बनाउन सकिने बताए । विद्युत पुग्न बाँकी १२ प्रतिशत क्षेत्रमा तीन वर्षभित्र सेवा र्पुयाइने उनको भनाइ छ ।

उनले राष्ट्रसेवक कर्मचारीलाई राज्यले विभेद नगरेको उल्लेख गर्दै सरकारले युनियनलाई सहकर्मीकैरुपमा व्यवहार गर्ने बताए । कर्मचारीमा नैतिकता र अनुशासन गुम्दै गएको भन्दै उनले सेवालाई मर्या्दित बनाउनुपर्नेमा जोड दिए ।

उनले ऊर्जाको विकासबाट आर्थिक क्षेत्रको विकास सम्भव हुने बताउँदै उत्पादित विद्युत भारत र बंगलादेशलाई बिक्री गर्न सकिने पनि बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal