आज :

चलचित्र विकास वोर्डका अध्यक्ष भट्टराइको निधन, यस्तो छ कारण 

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । स्वास्थ्मा एकाएक समस्या देखिएपछि भट्टराइलाई अस्पताल लैजादै गर्दा निधन भएको हो ।

निर्माता तथा कलाकार भट्टराइको आइतबार राति मुटु दुखेको थियो । दुखाई बढ्दै गएपछि उपचारको लागि चावहिलस्थित ओम अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै निधन भएको थियो । अस्पतालले मृत घोषणा गर्दै हृ्दयघात हुन सक्ने भनेको थियो । तर निधन कारण औपचारिक रुपमा केही बताइएको छैन ।

भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् । करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले केही राम्रा कामको सुरुवातसमेत गरेका थिए ।

भट्टराई तीसकाे दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् । उनले दर्जनौ‌ं चलचित्रमा अभिनयसमेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal