आज :

विभागले खोस्यो ढकालको जिम्मेवारी, हुम्ला हुलाकबाट हटाइए पनि अझै हुम्लामै जाने तयारी

  • अनलाइन डबली

हुम्ला । हुलाक सेवा विभागले शंकर प्रसाद ढकाललाई हुम्ला हुलाकको निमित्त कार्यालय प्रमुखको जिम्मेवारी खोसेर जेठ ७ गते अकल बमलाई दिएको छ । अनलाईन डबलीले पीडितहरुको सूचनाको आधारमा समाचार लेखेपछि विभागले ढकाललाई जिम्मेवारीबाट हटाएको छ ।

संचार मन्त्रालय अन्तरगतको हुलाक सेवा भिवागले ढकालविरुद्ध धेरै उजुरी परिसकेको भन्दै संघीय मामिला तथा समान्य प्रशासन मान्त्रालयलाई गुहारेको विभाग स्रोत बताउँछ । समान्य मन्त्रालयले २०८२ चैत २५ गते नै ढकाललाई गृह मन्त्रालय वा सो अन्तरगत सरुवा गरेको थियो । ढकालको ठाउँमा विभागले नासु अकल बमलाई पदस्थापन गरेको थियो, त्यस लगत्तै बम हुम्लामा हाजीर भए तर पनि ढकालले हुम्लामै बस्ने योजनासहीत रमाना नलिई गृहले तोकेको ठाउँमा गएनन् । निजामती ऐन अनुसार सरुवा भइसकेको र तोकिएको अर्को कर्मचारीले हाजिरी लगाएको २१ दिनभित्रमा रमाना लिएर जानु पर्नेमा ढकाल एक महिना बढी समय अटेर गरेर बसेको विभाग स्रोत बताउँछ ।

उसो त ढकाल १ दशक बढी समयदेखि हुम्ला हुलाकमै बसिरहेका छन्, यो पनि निजामति ऐन विपरित रेहेको एक कर्मचारी बताउँछन् । “ढकाललाई ११ पटक सरुवा गरिए पनि शक्ति र पहुँचको बलमा बारम्बार हुम्लामै फर्किने गर्दछन्, अहिले पनि हुम्लामै आउने दाउमा छन्, त्यसैको तयारीमा लागेका छन्,”हुम्लाका एक कर्मचारीले बताए । एकजना सामान्य कर्मचारीलाई यतिसम्म रोजाइँ कसरी सम्भव भयो होला त, अनि केका लागि त, भन्ने जिज्ञासामा ती कर्मचारी भन्छन्,“हुम्ला हुलाक ढकालको लागि ‘सुनको अण्डा दिने कुखुरा’ अनि यहाँका केही अमुख राजनीतिक दलका नेताको ‘दुहुनो गाई’, त्यसैले उनिहरुले ढकाललाई कसरी हुन्छ हुलाकमै थमौति गर्न चाहन्छन् ।”

विगतमा विभाग, संचार मान्त्रालय र सामान्य मन्त्रालयमा उनिहरुले भनेको मान्ने मान्छे भएकोले उनिहरुलाई काम गर्न सजिलो भएको बताउँदै स्रोत भन्छ,“उनिहरुका मान्छेले लुटको स्वर्ग बचाइरहेका थिए, अहिले पनि सामान्य मन्त्रलायमा उनिहरुको ग्याङ कसरी हुन्छ अहिलेलाई हुम्लाको कुनै ठाउँमा ढकाललाई पदस्थापन गर्ने अनि केही महिनापछी बमको ठाउँमा पुनः ढकाललाई नै ल्याउने खेलमा लागेका छन् ।” “ढकाल मात्रै नभएर यसका पछाडी ठूलो शक्ति रहेको र त्यसैले घुमाईरहेको छ” स्रोतले बतायो ।

हुम्ला हुलाकका पीडितहरुले ढकालका विरुद्ध विभागमा विभिन्न समयमा उजुरी दिएको तर त्यसको लामो समयसम्म सुनुवाई नभएको पीडितहरुले गुनासो गरिरहेका छन् । पीडित कर्मचारीहरुले आफूहरुलाई पूरा तलब नदिई आफैले खाने गरेकोसमेत आरोप लागाउँदै आएका छन् । “ढकाल तथा उनको समूहले हुम्ला हुलाकलाई व्यक्तिगत पेवा जस्तैः बनाएर भ्रष्टाचार गर्ने र राज्य स्रोतको दोहन गरेका छन्,” पीडितहरु बताउँछन् ।

यसबीचमा विभागले २ पटकसम्म ढकाललाई हुम्ला हुलाकको जिम्मेवारीको बजबुजारत गरी समयमै सो ठाउँ छाड्न भनेर ताकेता पत्र पठाए पनि ढकालले अटेर गरी हुम्लामा बसिरहेका छन् । त्यसपछी ढकालको जिम्मेवारी हुलाककै नासु अकल बमलाई झण्डै डेढ महिना अर्थात २०८२ जेठ ७ गतेको निर्णयले ८ गतेबाट लागु हुने गरि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको जनाईको छ । तर आजका मितिसम्म पनि उनले बजबुझारत नगरेको स्रोतले अनलाईन डबलीलाई बतायो ।

यस विषयमा ढकालसँग बुझ्दा गृह मन्त्रालय सरुवा भए पनि मन्त्रालय अन्तरगत कुन ठाउँमा पदस्थापन गर्ने भन्ने निक्र्यौल नभएकोले हुम्ला नछाडेको प्रतिक्रिया दिएका छन् । साथै आफूउपर लागेका र लगाईका सम्पूर्ण आरोपहरु झट्टा भएको र भविष्यमा त्यसविरुद्ध कानूनी उपचार खोज्ने पनि बताएका छन् ।

यसअघी अनलाईन डबलीले ‘हुम्ला हुलाकमा बसी अख्तियार दुरुपयोग गर्दै ढकाल, लाखौं भ्रष्टाचार गरेको आरोप’ ‘हुम्ला हुलाक कार्यालयका नि.प्रमुख ढकालविरुद्ध विभागमा कारबाहीको लागि उजुरी’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।

 

 

 

 

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal