आज :

लुक्ला विमानस्थलमा पार्किङ राखेको हेलिकोप्टरहरु हिउँले ढपक्कै, आन्तरिक पर्यटक बढे

काठमाडौं । उच्च हिमाली क्षेत्र मुगु, डोल्पा, मनाङ, मुस्तङ, सोलुखुम्बु, ओखलढुंगालगायत विभिन्न जिल्लामा हिमपात भएको छ ।

हिमपातकै कारण शुक्रबार डोल्पाको जुफाल विमानस्थलबाट उडान हुन सकेन । सोलुखुम्बुको लुक्ला क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण लुक्ला विमानस्थलमा पार्किङ गरि राखेको हेलिकोप्टरहरू हिउँले ढपक्कै ढाकिएको छ । मंसिरमा परेको हिउँदे झरीका कारण जीवन कष्टकर बनेको छ भने कतै बालीनाली सप्रिने आसले किसानहरू उत्साहित छन् ।

माथिल्लो सगरमाथाका जिल्लामा शुक्रबारदेखि भारी हिमपात भएको छ । ओखलढुङ्गा र सोलुखुम्बु आसपासका जिल्लाको माथिल्लो क्षेत्रमा लगातार हिउँ पारेको छ । जिल्लाको थोलेदेम्बा, खिजीफलाटे, ठाडे, धाप, पात्ले, भुसिंगासहितका क्षेत्रमा बाक्लो हिउँ जमेको छ । हिउँमा रमाउने बढे चिसोका कारण जनजिवन कष्टकर भए पनि हिउँमा रमाउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

हिउँमा रमाउनका लागि जिल्ला सदरमुकाम र आसपासका क्षेत्रका व्यक्तिको घुइँचो लागेको जन्तर खानीका घरवास सञ्चालक हरिकुमार मगरले बताए । ओखलढुङ्गाको ठाडे जन्तरधापदेखि सोलुखुम्बुको पत्ताले क्षेत्रमा हिउँले आन्तरिक पर्यटक बढेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal