आज :

भीरमा दुर्घटनाग्रस्त जिप भेटियो, २ जनाको शव फेला

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका-५ चौबिसमाइलमा एउटा जिप दुर्घटना अवस्थामा फेला परेको छ ।

घट्नास्थलमा २ जनाको शव पनि भेटिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृतकको सनाखत हुन सकेको छैन । दुवै शव पुरुषको हो ।

बुधबार राति जीप दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नं.को जिप सिद्धार्थ राजमार्गअन्तर्गत चौबिसमाइलस्थित सडकबाट करिब २ सय मिटर तल भीरमा खसेको प्रहरीको भनाइ छ ।

भीरमा शव अड्किएको अवस्थामा फेला परेको र अहिले शव निकालेर जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टमको लागि ल्याउने तयारी भइरहेको छ जिपमा अरू पनि सवार भए नभएको बारे खुलेको छैन ।

यद्यपि, घट्नास्थलमा खोजीकार्य जारी रहेको र बिहानपख घाँस काट्न गएकाहरुले जिपको छत भीरमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाको नेतृत्वमा टोली घट्नास्थल पुगेर उद्धार गरेको हो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal