आज :

नासु र कार्यालय सहयोगी ४० हजार घुससहित अख्तियारको फन्दामा

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार अनुसन्धान आयोगको टोलीले उनीहरुलाई सेवाग्राहीबाट ४० हजार घुस रकमसहित पक्राउ गरेको हो ।

मिश्रले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी (करार) भाईकाजी गौतमलाई ४० हजार दिनु भनी घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal